सुनको भाउ घट्यो, प्रतितोला रु ७२ हजार ६ सय पुग्यो

Please follow and like us:

१० भदौ / काठमाडौं /
सुनको भाउ आज घटेको छ । मंगलबार सुनको मुल्य ९ सय रुपैयाँले घटेको छ । प्रतितोला १ हजार रुपैयाँले बढेको सोमबार ७३ हजार ५ सय पुगेको छापावाल सुनको मूल्य आज ७२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै सोमबार ७३ हजार २ सय पुगेको तेजावी सुनको मूल्य आज ७२ हजार ३ सयमा झरेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ८६० रुपैयाँले स्थिर छ । सोेमबारका लागि तोकिएको सुनको प्रतितोला मूल्य नेपाली सुनचाँदी व्यवसाय इतिहासकै सबैभन्दा धेरै भएको व्यवसायीहरुले बताएका छन् ।

पछिल्लो दुई महिना अवधिमा सुनको भाउ प्रतातोला झण्डै १० हजार रुपैयाँ बराबरले बढी सकेको छ । बढ्दो मूल्यका कारण पुराना सुन बिक्री गर्न आउने ग्राहकको संख्या बढे पनि नयाँ गहना किन्नेहरु नभएको व्यवसायीहरूले बताएका छन् ।,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)