वीरगंजमा छतबाट लडेर १ जना भारतीय कामदारको मृत्यु

Please follow and like us:

अनिता साह
१० भदौ / वीरगञ्ज /

वीरगंजमा छतबाट लडेर १ जना भारतीय कामदारको मृत्यु भएको छ । मृत्यू हुनेमा भारतको बेतिया मझबलियाका २२ वर्षीय नजरे आलम रहेको हो । उनी छतमा काम गर्ने क्रममा छतबाट लडेर ज्यान गएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार दुर्गा पल्पस फ्याक्ट्रिमा डकर्मीको काम गर्ने क्रममा आलम सोमबार अपराह्न २ तले भवनबाट लडेका थिए ।

घाइते उनलाई उपचारका लागि गण्डक अस्पताल वीरगञ्ज लगिएकोमा त्यही उपचारका क्रममा उनको मृत्यु भएको हो । शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्ज पठाएको प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)