वन, वातावरण तथा चुरे क्षेत्र संरक्षणका लागि प्रदेश २ मा हरित प्रदेश अभियान शुरु

Please follow and like us:

रञ्जिता शर्मा
७ भदौ / शनिबार /
डिभिजन वन, वातावरण तथा चुरे क्षेत्र संरक्षणका लागि प्रदेश २ मा हरित प्रदेश अभियान बृक्षा रोपन कार्यक्रम शुरु गरिएको छ । सर्लाही द्वारा आयोजित हरिवन नगपालिका जानकिनगरमा हरित प्रदेश अभियान कार्यक्रम २०७६ को बृक्षा रोपनको उद्दघाटन कार्यक्रमको प्रमुख अतिथि मन्त्री रामनरेश राय ज्यु, बिशिस्ट अतिथि प्रदेश सभा सदस्य दिल्ली प्रसाद उप्रेती , सन्च माया मोखतान, सुरक्षा निकायका प्रमुख ज्युहरु बिरुवा रोपनु भयो सथै आजैका दिन प्रदेश्को ८ ओटै जिल्लामा डिभिजन्न वन कार्यालयको आयोजक्तवमा बृहत बृक्षा रोपन कार्यक्रम सुरु गरिएको छ ।

अभियान अन्तरगत शनिबार सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ४ मा एकै दिन पाँच हेक्टर जग्गामा २ हजार २ सय बिरुवा रोपिएको छ । अघिल्लो दिन मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतमा सागरनाथ वनविकास परियोजनामा बसेको मन्त्री परिषद्को बैठकले वन जंगलको संरक्षण सम्वद्र्धन गर्ने उद्देश्यले प्रदेश २ का सबै ८ वटै जिल्लामा एकै साथ हरित प्रदेश अभियान बृक्षारोपन कार्यक्रम संचालन गर्ने निर्णय गरेको थियो ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा सुरु गरिएको अभियानको महंग्नीको बोट रोपेर प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले सुरुवात गरेका हुन् । उनीसँगै आएका जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी उपरिक्षक मनोजकुमार यादवका साथै ठूलो संख्यामा उपस्थित स्थानियले महग्नी, टिक, साल, सिसो जस्ता पाँच थरिका विरुवा रोपेका थिए । सो अवसरमा सामाजिक विकास मन्त्री साहले चुरे क्षेत्र, वन, वन्यजन्तु र जैविक विविधताको संरक्षण गर्न ८ वटै जिल्लामा प्रदेश सरकारले हरित प्रदेश अभियान तथा बृक्षारोपन कार्यक्रम संचालनमा ल्याएको बताउँदै यसमा सहयोग गर्न सबैसँग आग्रह गरे ।
कार्यक्रमस्थलमा ठूलो संख्यामा उपस्थित स्थानियहरुलाई सम्बोधन गर्दै उनले भने, ‘म आदेश र निर्देशन दिने मालिक होइन्, तपाईहरुको नोकर हुँ, त्यसैले यो अभियानमा सघाउन आदेश होइन् आग्रह गर्न चाहन्छु ।’ उनले प्रदेश २ मै वन क्षेत्र कम रहेकाले विभिन्न प्रकाृतिक प्रकोप तथा वन र वातावरणमा संकट निम्तिदै भावी सन्ततीको जिवन समेत खतरामा पर्ने जिकिर गर्दै खाली रहेको निजि तथा सार्वजनिक जग्गामा समेत बृक्षारोपन गर्न सबैसँग आग्रह गरे । सप्तरी जिल्लामा हाल १६ प्रतिशत वन क्षेत्र मात्र छ । अभियानका क्रममा यसलाई बृद्धी गरि कम्तिमा ४० प्रतिशत पु(याउने प्रदेश सरकारको योजना छ । प्रदेश सरकारको यो अभियानले प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षति रोक्न तथा जलवायु परिवर्तनमा सकारात्मक सुधार ल्याउने सरोकारवालाहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)