ट्राफिक नियमको पालना र सडक दुर्घटना न्युनिकरणमा आफ्नो पहिलो प्राथमिकता : सर्लाही प्रहरी प्रमुख सूर्य नारायन यादव

Please follow and like us:


अनिता साह
५ भदौ / सर्लाही /
ट्राफिक नियमको पालना र सडक दुर्घटना न्युनिकरणमा आफ्नो पहिलो प्राथमिकता रहेको सर्लाही ट्राफिक प्रहरी प्रमुख सूर्य नारायन यादवले बताउनु भएको छ । ट्राफिक नियममा कडाई र सवारी दुर्घटना न्युनिकरण गरिने पहिलो प्राथमिकता हो भन्ने प्रतिवद्धता प्रकट गरेको हो । भर्खरै कार्यभार सम्हालेका ट्राफिक प्रहरी प्रमुख यादवले हिजो (बुधवार) जिल्लामा क्रियाशिल पत्रकारहरु संग परिचयात्मक कार्यक्रमको आयोजना गरी आफ्नो प्रतिवद्धता सार्वजनिक गरेका छन ।

आफ्नो कार्यकालमा सर्लाही जिल्लामा ट्राफिक प्रहरी भित्र चुस्त दुरुस्त र प्रभावकारी रुपमा कार्य सम्पादन हुने दावी गर्दै यादवले ट्राफिक प्रहरीको आफ्नै भवनबाट कार्य थालनी गर्ने समेत बताए । जिल्लाको लालबन्दी नगरपालिका स्थित नवलपुर चोकमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सहित मलंगवा , नयारोड , हरिवन ,बागमती , हरिपुर बयलबास लगायत ९ स्थानमा ट्राफिक प्रहरी पोष्ट राखि ट्राफिक प्रहरीले सेवा प्रवाह भैरहेको उनको भनाइ छ ।

उनले जिल्लाका हरिवन , नवलपुर, लालबन्दी, नयारोड, बरहथवा, बयलबास, हरिपुर, मलंगवाका चौक हरुमा बस तथा अन्य सवारी साधनको ब्यबस्थित पार्किङ्गको व्यवस्था मिलाउने समेत बताए । यादवले ट्राफिक नियम समन्धी जनचेतना मुलक कार्यक्रम गर्ने र विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई ट्राफिक नियम समन्धी शिक्षा समेत प्रदान गर्ने योजना सुनाए ।

जिल्ला ट्राफिक कार्यालयमा ३१ जना ट्राफिक प्रहरीको दरबन्दी भएको भन्दै यादवले ट्राफिकको एक्लो प्रयासबाट मात्रै व्यवस्थापनको काम सम्भव नभएकोले आफूलाई समुदाय र संचारकर्मीको महत्वपुर्ण सहयोग प्राप्त हुने बिस्वास व्यक्त गरेकाा थिए ।,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)