धारिलो हतियार प्रयोग गरी युवतीको हत्या

Please follow and like us:

अनिता साह
३ भदौ / सर्लाही /
सर्लाहीको ईश्वरपुरमा अज्ञात ब्यक्तिले अन्दाजी २० वर्षिया युवतीलाई घाटि रेटी हत्या गरेको छ । सोमबार राती ईश्वरपुर नगरपालिका वडा न (१३ श्रीनगर स्थित जंगलमामा रेलवेबाट सागरनाथ तर्फ आउने भित्रि सडकमा अन्दाजि २० वर्षिया युवतीको घाटी रेटी हत्या गरी फालिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको हो ।
अज्ञात व्यक्तिले धारिलो हतियारको प्रयोग गरि नाम ठेगाना नखुलेको अन्दाजी २० वर्षिया युवतीको हत्या गरेको छ । प्रेम सम्बन्धका कारण युवतीको हत्या भएको जस्तो देखिए पनि घटनाको थप अनुसंधान भईरहेको र अनुसंधान पछि घटना बारे केही भन्न सकिने सर्लाहीका प्रहरी प्रमुख एसपी गोपाल चन्द्र भट्टराइले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)