८ जना हुण्डी कारोबारी विरुद्ध मुद्धा दायर

३ भदौ / वीरगंज /
वीरगंजमा ८ जना हुण्डी कारोबारी विरुद्ध मुद्धा दायर गरिएको छ । पक्राउ परेका ८ जना हुण्डी कारोबारीविरुद्ध सवा अर्ब विगो दावी गर्दै अदालत पेश गरिएको छ । पक्राउ परेका छिपहरमाई गाउँपालिका चेरगाह बस्ने राजकपुर साह, रौतहट चपुर घर भएका सूर्यबहादुर बडवाल, बाराको चैनपुर भवानीपुरका गुलाम साह, वीरगञ्ज(६ का राकेशकुमार सिंह, भारत मोतिहारीका सुनिल प्रसाद, विन्दवासिनीका सुजित कुमार, वीरगञ्ज( ६ गहवाका चन्दन लगायत पसल सञ्चालक कन्हैया साह सोनार समेत विरूद्ध मुद्धा दायर गरिएको हो ।

गत असार ९ गते ४२ लाख नगद र २ हजार ९० ग्राम चाँदीसहित वीरगञ्ज महानगरपालिका(५ माइस्थानमा रहेको केपी स्वर्णकार केन्द्र ज्वेलर्सबाट पक्राउ परेका ८ जनालाई अनुसन्धानपछि एक अर्ब २८ करोड ४२ लाख ३९ हजार ७२३ विगोसहित अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सोमेन्द्रसिंह राठोरले जानकारी दिए । पसलका सञ्चालक कन्हैया भने फरार छन् । अनुसन्धानका क्रममा एक वर्षमा उक्त रकम बराबरको कारोवार गरेको पाइएपछि विगोसहित बैंक(वित्तीय संस्था तथा संगठित अपराध मुद्दामा अदालत पेश गरिएको एसपी राठोरले बताए ।