मलेसियामा पेट्रोल बम विस्फोट १ जना नेपाली घाइते

Please follow and like us:

३१ साउन / शुक्रबार /
मलेसियामा पेट्रोलबम विस्फोट हुँदा १ जना नेपाली घाइते भएका थिए । शुक्रबार बिहान ४ बजेर ४१ मिनेटमा तनम डनौ कोताको आवासीय भवनमा भएको विस्फोटमा १ जना नेपाली घाइते भएका थिए ।

मलेसियाको स्ट्रेट्स टाइम्सले घाइते नेपाली उक्त आवासीय भवनमा सुरक्षा गार्डका रुपमा कार्यरत रहेको जनाए पनि परिचय खुलाएको छैन । समाचार अनुसार, उनको हात र शरीरको पछाडिको भाग करिब १० प्रतिशत जलेको छ ।

उनलाई त्यही पुगेर स्वास्थ्यकर्मीले उपचार गरेका छन् । विस्फोटबाट गार्ड पोस्टको एउटा भागमा क्षति पुगेको छ । विस्फोट कसले गरायो भन्ने खुलेको छैन । क्वालालम्पुर फायर एन्ड रेस्क्यु अपरेशनका प्रवक्ताले बताए अनुसार घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)