भारतीय दूतावासद्वारा ५ करोड ३१ लाख बराबरको नगद तथा कम्बल वितरण

Please follow and like us:

३० साउन / काठमाडौ /

भारतको ७३ औँ स्तन्त्रता दिवसको शुभअवसरमा नेपालस्थित भारतीय दूतावासले ३ वीर नारी, ५ एकल महिला, ६ मृत सैनिकका निकटतम नातेदारलाई ५ करोड ३१ लाख नेपाली रुपैयाँ बराबरको नगद तथा कम्बल वितरण गरी सम्मान गरेका छन.् ।

बिहीबार बिहान नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पूरीले युवा सशक्तिकरण संघ नेपाल लालापट्टी २ सप्तरीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । भने भारतीय दूतावासले युवा सशक्तिकरण संघसहित विभिन्न अस्पताल, गैरनाफामूलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स र ६ वटा बस हस्तान्तरण गराएको हो । यसैगरी भारतीय राजदुत पुरीले ४० वटा पुस्तकालय तथा नेपालका सबै प्रदेशमा फैलिएका शैक्षिक संस्थाहरुलाई पुस्तक समेत उपहार दिएको छ ।

कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं केन्द्रीय विद्यालय र मोर्डन इन्डियन स्कुलका विद्यार्थीहरुले देशभक्तीपूर्ण गीत प्रस्तुत गरेका थिए । साथै नेपाल आर्मी ब्याण्डले सुमधुर प्रस्तुती प्रस्तुत गरेको थियो । स्वतन्त्रता दिवसको अवसरमा आयोजित समारोहमा राजदूतावासका कर्मचारी तथा उनीहरुका परिवार लगायत नेपालमा रहेका भारतीय समुदाय र भारतका अनन्य मित्रहरुको सहभागीता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)