सांसद यादवले दिए राजिनामा, डा.सिके राउत प्रतिनिधिसभामा आउने

Please follow and like us:

२८ साउन / सप्तरी /
सामाजवादी पार्टीका निर्वाचित सांसद सुर्यनारायण यादवले प्रतिनिसभाबाट राजिनामा दिएपश्चात जनता पार्टी अध्यक्ष डा. सिके राउत सप्तरी १ बाट चुनाव लड्ने तयारी भैइरहेको छ ।
हुन गईरहेको उपनिर्वाचनबाट जनता पार्टीका अध्यक्ष डा. सिके राउतलाई प्रतिनिधि सभामा ल्याउनको लागि सांसद सूर्य नारायण यादवलाई दबावमा पारी राजिनामा दिलाएको कुरा चौतर्फी हल्ला भईरहेको छ । स्वतन्त्र मधेशको मुद्दालाई छाडेर एकासी सरकारमा आउनु र सप्तरी १ बाट यादवले राजिनामा दिनु, सरकारसँग गोप्य सहमती भएको कुरा श्रोतको दावी रहेको छ ।
अर्कोतर्फ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी पार्टी एकिकरण गर्नको लागि प्रयास भईरहेको छ । भने भित्रभत्रै डा.राउत नेतृत्व पार्टिसँग एकीकरणको गृहकार्य भईरहेको स्रोतको दावी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)