सुनको मूल्य बढेर प्रतितोला रु ७१ हजार पुग्यो

Please follow and like us:

२८ साउन / मंगलबार /
सुनको मूल्य बढेर प्रतितोला ७१ हजार पुगेको छ । मंगलबार सुनको मूल्य पुनः एक हजारले बढेको छ । नेपाल सुनचाँँदी व्यवसायी संघले आजका लागि छापावाल सुनको प्रतितोला मूल्य ७१ हजार रुपैयाँ तोकेको छ भने तेजाबी सुनको मूल्य पनि तोलामा ७० हजार ७ सय पुगेको छ ।

त्यस्तै चाँदीको भाउ प्रतितोला रु ८३५ रुपैयाँ कायम भएको छ । गत शुक्रबारको तुलनामा छापावल र तेजावी सुनको मूल्य प्रतितोला एक हजारले वृद्धि भएको छ भने चाँदीमा पनि प्रतितोला १० रुपैयाँले मूल्य बढेको छ । व्यवसायीहरुका अनुसार बढ्दो मूल्यले सुन धेरै कारोबार हुने पर्व तीजलाई समेत प्रभावित पार्ने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)