धादिङ दुर्घटनामा परेका बेपत्ताको खोजीकार्यमा सहयोग गर्न छिमेकी ४ जिल्लासंग आग्रह

२८ साउन / मंगलबार /
सर्लाहीको मलंगवाबाट काठमाडौँ जादै गरेको ना ६ ख ७४६९ नंको बस शुक्रबार बिहान साढे ३ बजे धादिङको पृथ्वीराजमार्गको बेनीघाट रोराङ गाउँपालिका–३, सलाङघाटमा भएको दुर्घटनामा परी बेपत्ता यात्रुको खोजी कार्यमा सहयोग गर्न जिल्ला प्रशासन कार्यालय, धादिङले छिमेकी चार जिल्लासँग आग्रह गरेको छ ।

दुर्घटनामा हालसम्म ११ जनाको मृत्यु भइसकेको छ भने अन्य १९ यात्रु हराइरहेको अनुमान गरिएको छ । बस दुर्घटनाको ५ दिनसम्म पनि बेपत्ता यात्रु नभेटिएपछि प्रशासनले अन्य ४ जिल्लासँग सहयोग मागेको हो । धादिङका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले बेपत्ताको खोजीका लागि जिल्ला प्रशासन कार्यालय गोरखा, चितवन, पूर्वीनवलपरासी र तनहुँसँग अनुरोध गरिएको बताए ।

बेपत्ताको खोजी गर्न आग्रह गरेपछि सबै जिल्लाका प्रहरी नदी किनारमा खोजीका लागि पुगेको उनको भनाइ छ । वर्षाको समय ठूलो बाढी आएकाले उद्धार र खोजीकार्यमा कठिनाइ भए पनि सुरक्षा निकाय निरन्तर सक्रियताका साथ काम गरिरहेको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए ।

खोजीकार्य गर्न हिँडेर मात्र सम्भव नभएकाले त्रिशूली नदी किनारमा रहेका छ रिसोर्टलाई समेत सतर्क रहन र खोजीकार्यमा सघाउन जिल्ला प्रशासन कार्यालय, धादिङले आग्रह गरेको छ ।,

Leave a Reply

Your email address will not be published. Required fields are marked *