त्रिशूली बस दुर्घटनामा परेका मृतक परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग नेकपा सर्लाहीको माग

Please follow and like us:

२७ साउन / सोमबार /
त्रिशूली बस दुर्घटनामा परेका मृतक परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग नेकपा सर्लाहीले माग गरेको छ । मृत्यू भएका परिवारलाई क्षतिपूर्ति तथा घाइतेहरूलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन सत्तारूढ नेकपा जिल्ला कमिटी सर्लाहीले सरकारसँग माग गरेको छ । सदरमुकाम मलंगवाबाट काठमाडौं जादै गरेको ना ६ ख ७४६९ नम्बरको बस गत शुक्रबार बिहान साढे ३ बजेतिर धादिङको बेनिघाट रोराङ गाउँपालिका(३ सलाङघाटबाट त्रिशूली नदीमा खस्दा अहिलेसम्म ९ जनाको शव भेटिएको छ भने १५ र १६ जना बेपत्ता रहेको प्रहरीले अनुमान गरेको छ ।

सर्लाहीबाट गएको बस हुनाले दुर्घटनामा सर्लाहीकै धेरै यात्रु परेका छन् । नेकपा सर्लाही जिल्ला कमिटीले प्रेस विज्ञप्ति जारी गर्दैै मृतकहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको हो । पार्टीका जिल्ला अध्यक्ष रेवती पन्तको हस्ताक्षरमा जारी विज्ञप्तिमा यस्ता प्रकारका दुर्घटना दोहोरिन नदिन राज्यलाई गम्भीर हुन आग्रह गरिएको छ ।

धादिङ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजकुमार वैद्यबारका अनुसार दुर्घटनामा परेकामध्ये अहिलेसम्म सर्लाही त्रिभुवन नगरपालिका–४ की शोभा रौनियार,, महोत्तरी बर्दिबास नगरपालिका–६ का २५ वर्षीया सरिताकुमारी महतो र ६ वर्षीय आशिषकुमार साह, भारत बिहार सीतामढीका २२ वर्षीय विजयकुमार यादव र ३० वर्षीय अजयकुमार ठाकुर, सर्लाही हरिवन नगरपालिका–९ का ४६ वर्षीय विनोदप्रसाद उप्रेती, सर्लाहीकै मलंगवा नगरपालिका(१ का ४५ वर्षीय सुनिलकुमार श्रीवास्तव र उनकी श्रीमती ४० वर्षीया मिना श्रीवास्तव तथा मलंगवा नगरपालिकाकै वडा नम्बर ६ का ५५ वर्षीय जगरनाथ यादवको शव भेटिएका छन । अझै १६ जनाजति नदीमा हराइरहेको अनुमान छ।

आइतबार बिहानैदेखि नेपाली सेना प्रहरी र गोताखोरसहित टोली बेपत्ताको खोजीमा जुटेको उनले जानकारी दिए । दुर्घटनामा परेका १६ जनाको प्रहरीले जिवितै उद्धार गरेको थियो। तीमध्ये केही घाइते अस्पतालबाट डिस्चार्ज भइसकेको र ६ जनाको उपचार काठमाडौंस्थित ट्रमा सेन्टरमा भइरहेको एसपी वैद्यबारले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)