मोटरसाईकलको ठक्करबाट १ पैदल यात्रीको मृत्यु २ जना घाईते

अनिता साह
२६ साउन / सर्लाही /
मोटरसाईकलको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ भन्ने २ जना घाईते भएका छन् । शणिबार सर्लाहीको कबिलासी नगरपालिका ७ सिरसिया स्थित नवलपुरवाट मलंगवा तर्फ आउदै गरेको बिआर ३० एम ६४३२ भारतिय नम्बरको मोटरसाइकलले ठक्कर दिदाँ पैदल यात्रीको मृत्यू भएको हो ।

मृत्यू हुनेमा कबिलासी न.पा. १० सलेमपुर बस्ने १४ वर्षिय बालक प्रबिन कुमार रायलाई ठक्कर दिदाँ घाईते भई उपचारको लागि जिल्ला अस्पताल मलंगवा सर्लाहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरी चौकि कबिलासिले जनाएको छ भने मोटरसाइकल चालक मलंगवा न.पा. ३ बस्ने २२ वर्षिय दिपु शर्मा र सोही मोटरसाइकलमा पछाडी सवार मलंगवा न.पा. ८ बस्ने १८ वर्षिय रबि कुमर ठाकुर घाईते भएका छन ।

घाईते दुबै जनाको जिल्ला अस्पताल मलंगवामा उपचार भई रहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । मोटरसाइकल प्रहरी चौकि कविलासीको नियन्त्रमा रहेको छ । मृत्क बालकको शव पोष्टमार्टम गरि परिवारको जिम्मा लगाईको सर्लाही प्रहरी प्रमुख गोपाल चन्द्र भट्टराईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *