सर्लाहीमा मोटर साईकलको ठक्करबाट ६ बर्षिय बालिकाको मृत्यू

Please follow and like us:

अनिता साह
२४ साउन / सर्लाही /
सर्लाहीको हरिपुर नगरपालिका ६ लक्ष्मीपुर स्थित मोटर साईकलको ठक्करबाट एक ६ बर्षिय बालिकाको मृत्यू भएको छ । बिहीबार दिउसो ४ बजे तिर नवलपुरबाट मलंगवा तर्फ आउदै गरेको ज ११ प १४९५ नम्बरको मोटर साईकले तिर ठक्कर दिदाँ बालिकाको मृत्यू भएको हो । मृत्यू हुनेमा सोही ठाउ बस्ने मौलाना हासिम रेजाको छोरी बर्ष की नाजरिना खातुन रहेको छ ।

बालिका खातुन बाटो क्रस गर्ने क्रममा मोटर साईकल ठक्कर दिदाँ गम्भिर घाईते भएको थिए । घाईते खातुनलाई सोही मोटर साईकलमा राखी स्थानीयले उपचारको लागि नमुना अस्पताल हरिवन लगिएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय हरिपुरले जनाएको छ ।

मोटर साईकल चालक महोतरी जलेश्वर नगर पालिका ९ बस्ने बर्ष २७ को दिलिप यादव प्रहरीको नियन्त्रणमा रहेको हो । मृत्क बालिकाको शव जिल्ला अस्पताल मलंगवालमा पोस्टमार्टम गरी उनको परिवारजनको जिम्मा लगाईएको इलाका प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)