सात दिन भित्र सर्लाहीका सबै सडक सञ्चालनमा आउने – मन्त्री महासेठ


अनिता साह

साउन २१ गते / सर्लाही /

सात दिन भित्र सर्लाहीका सबै सडक सञ्चालनमा आउने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बताउनुभयो । प्रदेश नं. २ को दौडाहामा रहेको र मंगलवार सम्म सबै जिल्लामा पुगेर स्थलगत निरीक्षण गर्न सर्लाहीको कोडैना आईपुग्नु भएका मन्त्रि महासेठ कोडैना गाउँपालिकामा हुलाकी सडक कटानको निरीक्षण पश्चात बौल्दैे हाल बाढीका चपेटमा आएका सम्पुर्ण सडक तथा मलंगवासंग जोडिने सम्पुर्ण लिकं रोडलाई तत्काल सञ्चालन गर्न सडक बिभाग तथा हुलाकी सडकको कार्यालयलाई जनताले राहत महशुस गर्ने गरी द्रुत गतिमा काम गर्न निर्देशन दिनुुभयो ।


सोही क्रममा कौडेना गाउँपालिकाको कार्यालयमा गाउँपालिकाका अध्यक्ष रामप्रसाद रायले यस क्षेत्रका जनताले बर्षौ देखि बाढीपहिरोको मार खेप्दै आएको स्थायी समाधानको पहलकालागि ज्ञापनपत्र बु्झाउनुभयो ।
त्यसैगरी कबिलासि नगरपालिकाका अध्यक्ष कौशल कुमार यादवले पनि ज्ञापनपत्र बुझाउदै हुलाकी सडकको गुणस्तरीयतामा ध्यानदिन मन्त्रिको ध्यानाकर्षण गराउनु भयो

सोही कार्यक्रममा मलंगवा नगरपालिकाका अध्यक्ष निरसल साहले हुलाकी राजमार्ग अन्तरगत रहेको मलंगवा नगरपालिका क्षेत्र भित्र रहेको राजश्री सिनेमा हल देखि जिबिस चौक सम्मको हुलाकी सडक निमार्णलाई प्राथमिकताका साथ अगाडी बढाउन पहल गरीदिन अनुरोध गर्नुभयो ।

त्यस्तै राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य एवं पुर्व मन्त्री तथा बर्तमान सर्लाही निर्वाचन क्षेत्र नंं का सासद महेन्द्र यादवले बर्षौ देखि अलपत्र रहेको हुलाकी राजमार्गलाई बाढी पहिरोबाट मुक्क्त बनाउन हुलाकी राजमार्गको पुनः इस्टिमेट गर्नुपर्ने बताउदै हाल नवलपुर मलंगवा सडक खण्डको गुणस्तर अत्यन्तै न्यून रहेकोले सो को स्तरउन्नती गर्नु पर्नेमा जोड दिनुभयो । उहाँ यस्तो गुणस्तरहिन कामले यस क्षेत्रका जनप्रतिनिधिको साखँ गिरने भएकोले गुणस्तरमा ध्यान दिन आग्रह गर्नुभयो ।
राजपा नेता महेन्द्र यादवले उठाउनु भएको समस्याको सम्बन्धमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आउने २०७९ सम्ममा सम्पुर्ण सडकहरु कालोपत्रे गरी सकिने जानकारी गराउदै हुलाकी राजमार्गलाई बाढी पहिरोको जोखिमबाट बचाउने आफुले हर संभव प्रयास गर्ने प्रतिद्धता जनाउनुभयो ।

असारको अन्तिम साता सर्लाहीको कौडेना गाउँपालिका स्थित लखनदेही खोलामा आएको बाढीले भत्काएको हुलाकी सडक निरीक्षण गर्न आएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले अब बर्षायाममा बाढीले सडक नभत्किने बताएका छन् ।
नदीको पानीको उचित निकास नहुदाँ बाढीले सडक भत्किदै आएको र अबदेखि त्यस्तो समस्या जनताले झेल्नु नपर्ने उनले दाबी गरे । असारको अन्तिम सातामा आएको बाढीले सर्बसधारणमा परेको समस्याले आफुलाई दुखी तल्याएको मन्त्री महासेठले बताएका छन् । बाढीले भत्केको सडक छिटो भन्दा छिटो बनाउन सडक विभागलाई निर्देशन दिएको छु । एक हप्ताको भित्रमा काम चलाउ सडक निर्माण छु । त्यसपछि कहिले नटुट्ने सडक बनाउनका लागि सम्बन्धित निकायका निर्देशन दिएको मन्त्री महासेठले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *