आज सुनको भाउ फेरी बढ्यो

Please follow and like us:

२० साउन, सोमबार ,
आज सुनको भाउ फेरी बढेको छ । नेपाली बजारमा सुनको भाउ निरन्तर बढीरहेको छ । अझ सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । आइतबार सुनको भाउ प्रतितोला ६६ हजार ३ सय रुपैयाँ पुगेको थियो भने आज बढेर ६७ हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार एकैदिन प्रतितोलामा ८ सय रुपैयाँ बढेर ६५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको थियो । त्यसपछि सुन तोलामा ५ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो तोलाको ६६ हजार ३ सय रुपैयाँ पुगेको थियो भने आज सोबार फेरी बढेर प्रतितोला छापावाल सुन ६७ हजार ८ सय पुगेको छ । तेजाबी सुन आज ६७ हजार ५ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै सोमबार चाँदीको भाउ पनि बढेको छ । आज प्रतितोला चाँदीको ७ सय ९५ रुपियाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)