अपहरणको नाटक गर्ने दुई जना पक्राउ

Please follow and like us:

१६ साउन / बिहीबार /

अपहरणको नाटक गर्ने दुई जना प्रहरीद्धारा पक्राउ परेको छ । हामी अपहरणमा परेको छु भनेर नाटक गर्ने २ जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । पर्साको विन्दवासिनी गाउँपालिका ४ मधुवलका २३ वर्षीय उपनेस चौरसिया र २१ वर्षीय सनुप दासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

उपनेसले मंगलबार भारतको रक्सौलस्थित श्याम इन्टरनेशनल होटलमा बसी सनुपलाई वीरगञ्ज पठाएर अपहरण भएको हल्ला फैलाएको प्रहरीले बताएको छ । उपनेससँग उनका गाउँकै साथीहरु उत्तम भन्ने निरंजन तिवारी र एजाजुल मियाँसमेत रक्सौल पुगेका थिए ।

उनीहरु होटेलको कोठा नम्बर ५ मा बसेका थिए । र, त्यहीबाट उपनेसले सनुपलाई बोलाएर अपहरणमा परेको नाटकको योजना बनाएको प्रहरीको जनाएको छ । अपहरणको नाटकबारे उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)