एनसेल र एनटिसीको दर्जनौं टावरमा आगजनी

Please follow and like us:

१६ साउन / बिहीबार /

बुधबार रातिदेखी अहिलेसम्म देशभरी एनसेल र एनटिसीको दर्जनौं स्थानमा रहेको टावरहरुमा अज्ञायत समुहले आगजनी गरेको छ । गएको रातिदेखी बिहीबार बिहानसम्म अज्ञात समूहले झापा, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, नवलपरासी पूर्व, पर्वत, बागलुङ, म्याग्दी, कपिलवस्तु, डडेलधुरा र कैलालीमा रहेका एनसेलका टावरमा आगजनी गरेका प्रहरीले जनाएको छ । झापा र धादिङमा भने एनसेलको टावरमा बम विस्फोट भएको छ। अर्घाखाँचीमा नेपाल टेलिकमको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ।

म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटको बन्चरेढुङ्गामा रहेको एनसेलको टावरमा बुधबारअज्ञात समूहले आक्रमण गरी क्षति र्पुयाएको छ । टावरमा क्षति पुगेपछि गएराती देखिनै आसपासका क्षेत्रमा एनसेलको सेवा अवरुद्ध भएको छ। ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा नम्बर २ शंखुमा रहेको एनसेल टावरमा आगलागी भएको छ। आगलागीबाट टावरमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ । एनसेल टावर नजिकै प्रेसर कुकर बम समेत भेटिएको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १ भोटेचौरमा रहेको एनसेलको टावरमा आक्रमणको प्रयास भएको छ। गएराति १ बजेतिर अज्ञात समुहले टावरमाथि आक्रमण गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो । सबै घटनामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको संलग्नता रहेको आशंका भएपनि पत्ता लाग्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)