सर्लाहीमा विप्लव समूहसँग प्रहरीको दोहोरो भीडन्त, जिल्ला इन्चार्जको मृत्यु

Please follow and like us:

अनिता

०५ असार/ सर्लाही / सर्लाहीमा विप्लव समूहसँग प्रहरीको दोहोरो भीडन्त हुदा जिल्ला इन्चार्जको मृत्यु भएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको समूहसँग सर्लाहीको लालबन्दीमा प्रहरीको दोहोरो भीडन्त भएको छ । भीडन्तमा परेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।सर्लाहीको लालबन्दी नगरपालिका र हरिवन नगरपालिकाको सिमानामा प्रहरीसँगको भिडन्तमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएका छन् । लालबन्दी नगरपालिका–१, लखनदेवी जंगलबाट २ वटा मोटरसाइकलमा सिन्धुलीतर्फ जाँदै गरेका ४ जनाले प्रहरीमाथी गोली चलाएको र जवाफी कारबाहीमा सर्लाहीका जिल्ला इञ्चार्ज कुमार पौडेलको ज्यान गएको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोख्रेलले जानकारी दिनुभयो । अरु ३ जना भने भागेका छन् । मृतक पौडलको साथबाट प्रहरीलाई गोली हानिएको सिक्स एमएमको रिभल्भर बरामद भएको छ भने झोलामा थ्री नट थ्री राइफल, गोली, कटुवा पेस्तोल पनि भेटिएको प्रवक्ता पोख्रेलले जानकारी दिनुभयो । विप्लवका कार्यकर्ताले प्रयोग गरेको ना २२ प ६४ नम्बरको निलो रंगको १५० सीसीको पल्सर र अनटेस्ट एफजेड मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । अहिले थप प्रहरी परिचालन गरेर भागेका ३ जनाको खोजी भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)