सर्लाहीको जयपुर गाउँमै पहिलो पटक हेलिकप्टरले जन्ती

Please follow and like us:


२१ जेठ / सर्लाही / सर्लाहीको गोडैता न.पा(२ जयपुरका एक युवा मनोज कुमार कुशवाहा सोमबार बिहे गर्न हेलिकप्टरले जन्ती लिएर गौरमा पुगेका छन । एउटा सामान्य किसान परिवारमा जन्मेका मनोज सानैदेखि हेलिकप्टरमा चढेर बिहे गर्ने सपना बुनेका थिए । उहाँले आफनो सपनालाई साथीहरु संग सेयर गर्दा सबै मजाक पनि उडाउने गर्थे । विगतका कुरा सम्झदै उनी भावुक भए तर सपना पनि साँचो हुन्छ र कुनै चिजलाई भित्री आत्माले चाहियो भने भगवान पनि तपाईंको सपनालाई पुरा गर्न सहयोग गर्छ भने उहाँको जिवनबाट प्रमाणित हुन्छ । सन २०१६ मा अमेरिकाको डिभी परेर उनी अमेरिका तिर होमिए तर सपना मरेका थिएन । साढे दुई वर्षको लामो अमेरिका बसाई पछि उहाँ आफुले बर्षोेदेखि सोचिएका सपना पुरा गर्न फेरि नेपाल फर्के ।

एक समय थियो जब बिहेमा दुल्हा सरकार दुल्ही ल्याउन डोली घोडा र हाथी लिएर ससुरालीमा पुग्थे । त्यसपछि विस्तारै विस्तारै समय परिवर्तन हुँदै गयो । पुराना सवारी साधन विस्थापित हुँदै चार पाङ्ग्रे गाडीको प्रयोग हुन थाले । केही वर्ष अघिसम्म हेलिकप्टरको प्रयोग धनाढ्य व्यापारी राजनीतिक दल तथा सेलिब्रेटिजका छोराछोरीको बिहेमा मात्र प्रयोग हुन्थ्यो तर अब समय फेरिएका छन । अहिले सामान्य परिवारका युवाले पनि सौखले बिहेमा हेलिकप्टरले दिलकी रानी ल्याउन ससुराली पुग्ने गर्दछन । विगत केही वर्षदेखि नेपाली संचार माध्यममा निरन्तर रुपमा सामान्य परिवारका युवाको जन्तीमा हेलिकप्टरको प्रयोगले व्यापक प्रसार प्रसाले पनि प्रमाणित गरेका छन ।
आफनै फुफुको घरमा बसेर उनी गौरमा पढाई गर्थे ।

आफनै कलेजमा पढ्ने जुनियर केटीसंग प्रेम पर्यो । उहाँ प्रेमिकालाई पनि हेलिकप्टर लिएर बिहे गर्न आउँछु भने सपना देखाए तर सपना साचो हुन्छ भने प्रेमिकाको पनि विश्वास थिएन । यता उहाँ डिभी परेर अमेरिका पुगे । अमेरिका पुगेपछि उहाँको पछाडि केटीको लर्को लाग्न थाले । दिनहुँ घरमा दुईचार छोराको हात माग्न घरमा आउने गर्थे उहाँको बुबा रामअधार महतोले बताए । माया आखिर माया नै हुन्छ । सात समुन्द्रपारी पुगेपनी मायामा कुनै कमि आउदैन । उहाँ आफनै प्रेमिका संग बिहेमा गर्नमा अडिग रहे । अन्त्यमा दुबै परिवारको सहमतिमा नयाँ इतिहास रच्दै बिहे गरेको राधेशयाम कुशवाहा जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)