रौतहटमा बाल यौन दुर्व्यवहारको आरोपमा एक शिक्षक पक्राउ

२० जेठ/ रौतहट / बाल यौन दुर्व्यवहारको आरोपमा एक शिक्षक पक्राउ परेको छ । रौतहटको बौधीमाई नगरपालिकामा बाल यौन दुर्व्यवहारको आरोपमा एक शिक्षक पक्राउ परेको छ् । पाच वर्षकी बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बौधीमाई नगरपालिका ५ बंकुलका मनेजर राय यादवलाई प्रहरीले पक्राउ गरेको हो । बंकुल बजारमा रहेको एक निजी विद्यालयमा अध्ययनरत बालिकालाई यादवले अनैतिक काम गरेको भनी बालिकाले अभिभावकलाई जानकारी दिएपछि अभिभावकले प्रहरीमा उजुरी दिएका थिए ।

बालिकाले नै अभिभावकलाई घटनाका बारेमा बताएपछि अभिभावकले प्रहरीमा उजुरी दिएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी नवीन कार्की जानकारी गराए । पक्राउ परेका मनेजर राय यादवलाई आवश्यक अनुसन्धानको लागी नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको उनले बताए । यादवमाथि अनुसन्धानका लागि जिल्ला अदालत रौतहटबाट म्याद लिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *