इंग्ल्यान्ड विरुद्ध टस जितेर साउथ अफ्रिका फिल्डिङमा

Please follow and like us:

१६ जेठ / विश्वकप क्रिकेटको उद्घाटन खेलमा आयोजक टिम इंग्ल्यान्ड ब्याटिङ सुरु गरेको छ । इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा बिहीबारदेखि सुरु भएको विश्वकपमा साउथ अफ्रिकाले टस जितेर बलिङ रोजेपछि घरेलु टिमले ब्याटिङ सुरु गरेको हो । विश्वकप क्रिकेटमा अहिलेसम्म इंग्ल्यान्डले तीन पटक फाइनल खेलेको छ । तर तीनै फाइनलमा अभागी सावित भएको छ । त्यस्तै, दुई पटक सेमिफाइनलबाट बाहिरिएको छ ।

इंग्ल्यान्ड सन् १९७९, १९८७ र १९९२ मा विश्वकपको फाइनलमा पुगेको थियो । यो पटक उपाधिको दाबेदार राष्ट्रको रुपमा हेरिएको इंग्ल्यान्ड स्पष्ट जितको खोजिमा रहेको छ । १० राष्ट्र सहभागी विश्वकपमा आयोजक इंग्ल्यान्डसँगै, साउथ अफ्रिका, विश्वविजेता अष्ट्रेलिया, पाकिस्तान, भारत, श्रीलंका, वेष्ट इन्डिज, न्युजिल्यान्ड, बंगलादेश र अफगानिस्तान रहेका छन् ।,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)