प्रदेश नम्बर ३ को नामाकरणको सम्बन्धमा छलफल

१२ जेठ / सर्लाही / प्रदेश नम्बर ३ को नामाकरणको सम्बन्धमा आज छलफल भएको छ । राजधानीमा सरोकारवालाहरुबीच गरिएको छलफलमा सांसद विशाल खड्काले गत वैशाख ३१ गते प्रदेश सचिवालयमा दर्ता गराईएको प्रस्तावमाथि छलफल गरिएको थियो ।

वरिष्ठ पत्रकार, पूर्वमन्त्री, नागरिक अगुवाहरु लगायत सहभागी कार्यक्रममा प्रदेश ३ को नाम गौरीशंकर राख्नु उपयुक्त हुने सुझाव पनि दिइएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले साझा पहिचान झल्किने गरी प्रदेशको नाम राख्नुपर्ने सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *