नेपाल बंगलादेश बैकको ८८ औं शाखाको मलंगवामा समुद्धघाटन

०८ जेठ / सर्लाही / नेपाल बङ्गलादेश बैंकको नयाँ शाखा विस्तार भएको छ । ८८ औं शाखाको रुपमा सर्लाहीको सदरमुकाम मलंगवा मा यसको विधिवत रुपमा उद्घाटन भइ आज९बुधबार ०बाट बैंकिङ् कारोबार शुरु भएको छ । मलंगवा वडा न(३ स्थित श्री गणपति सप्लायर्सको माथिल्लो तल्लामा अवस्थित सो बैंकको उद्घाटन प्रमुख अतिथि द्वय प्रतिनिधिसभा सांसद रुहीनाज मिकरानी र मलंगवा नगरपालिकाका मेयर निरसल साहले संयुक्तरूपमा गर्नु भएको छ । उद्घाटनमा म।न।पा की उपमेयर शान्ती शबनम मिकरानी,प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल ,प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराई , शसस्त्र प्रहरीका एसपी समर बहादुर श्रेष्ठ ,नेपाली सेनाका मेजर ऋषिकेश न्यौपाने ,ब्रम्हपुरी गाउँपालिकाका अध्यक्ष विनोद साह,उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष हरिशंकर प्रसाद साह,उ।वा।संघ मलंगवाका महासचिव जितेन्द्र कुशवाहा,बरिस्ठ समाजसेवी राम बहादुर अमात्य,नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरी , नेपाल बाल संगठनका उपसभापति गणेश प्रसाद गुप्ता, नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष सुरेन्द्र प्रसाद सिंह ,धनकौल गापाका अध्यक्ष राम आश्रय साह ,मलंगवा वडा न(८ का वडाध्यक्ष इश्वरी श्रेष्ठ , नेपाल बङ्गलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गाना लगायत विभिन्न क्षेत्र तथा संघसंस्थामा आबद्ध बरिस्ठ ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सभापतित्व गर्नु भएका बैंकका संचालक इन्द्रबहादुर थापाले बैंकका सेवाहरुको बारेमा बताउँदै यस क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ् सेवा सुविधा प्रदान गर्ने उदेश्यले बैंकको २५ औं वार्षिक उत्सव मनाउने क्रममा सर्लाहीको पाँचौ र नेपाल अधिराज्य भरिकै ८८ औं शाखाको रुपमा मलंगवामा यसको सुरुवात गरिएको बताउनुभयो ।यस भन्दा अगाडि जिल्लाको ब्रम्हपुरी , विष्णु, चन्द्रनगर र कौडेना गाउँपालिकामा नेपाल बंगलादेश बैंकको शाखाहरु संचालनमा आइसकेको मलंगवा शाखाका शाखा प्रबन्धक रितेश कुमार साहले जानकारी दिनुभयो । यस शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ् सेवा प्राप्त गर्न सक्ने शाखा प्रबन्धक साहले जनाएको छ । मनपाका मेयर निरसल साहले बैंक तथा बैंकका सम्पूर्ण कर्मचारीहरुलाई शुभकामना दिंदै जिल्लामा रहेका कुनैपनि बैक तथा सहकारी संस्थाहरुले कृषिमा लगानी नगरेकाले यस बैंक मार्फत कृषिमा लगानी गरेर किसानहरुको जिवनस्तर उकास्नमा सहयोग पुर्याउन मन्तव्य मार्फत सुझाव दिनुभयो ।
काठमाडौ पछिको सबैभन्दा बढी शाखा २ नम्बर प्रदेश अन्तर्गतको सर्लाहीमा रहेकोले यस क्षेत्रका सर्वसाधारणहरुका लागि कृषिमा पनि लगानी गर्ने र अन्य बैंकको तुलनामा सर्वसुलभ र स्तरीय सेवा प्रदान गर्ने संचालक थापाले बताउनुभयो ।कार्यक्रम संचालनको जिम्मेवारी मलंगवा शाखाकी दिपिका अधिकारीले लिनुभएको थियो ।