उखु किसानले भुक्त्तानी नपाए सरकारी कार्यालयमा तालाबन्दी गर्ने


सर्लाही ,३१ वैशाख ।सर्लाहीका उखु किसान सर्घष समितीले सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोेखरेललाई उखुको भुक्त्तानीको माग राख्दै ज्ञापन पत्र बुझाएको छ ।


राजपाका सहमहामन्त्रि राकेश मिश्राको संयोजनमा गएको संघर्ष समितीले बिगत तिन बर्षको पाउनु पर्ने भुक्त्तानी रकम मिल संचालकले पटक पटक सम्झौता गरी नदिएको गुनासो गर्दै चिनी मिल सञ्चालकले किसानहरुलाई झुक्याई रहेको जिकिर गदै अवको बहत्तरी घण्टामा पनि चिनीको भुक्त्तानी नपाए संघर्ष समितीले कठोर आन्दोलन गर्ने चेतावनी सहितको ज्ञापनपत्र बुझाएका छन् । सो ज्ञापनपत्रमा किसानहरुले भुक्त्तानी नपाए रिले अनसन ,चक्का जाम, बिभिन्न किसिमका रयाली, बजार बन्द लगायत सरकारी कार्यालयमा तालाबन्दी समेत गर्ने कार्यक्रम रहेको उल्लेख छ । ज्ञापन पत्र बुझाउन । राजपाका सहमहामन्त्रि राकेश मिश्र ,समाजवादी पार्टिका सर्लाही जिल्ला अध्यक्ष बिरेन्द्र राय तथा उखु किसान संघर्ष समितीका संयोजक राम सोगारथ राय यादव लगायतका किसानहरुले ज्ञापनपत्र जिल्ला प्रसाशन कार्यालयमा बुझाएका थिए ।