बलियो राष्ट्रिय एकता आजको आवश्यकता – उपराष्ट्रपति पुन

वैशाख ३१ गते । धार्मिक सदभाव, सहिस्णुता, एकता र पारस्परिक हित अनुरुप बलियो राष्ट्रिय एकता आजको आवश्यकता रहेको उपराष्ट्रपति नन्द बहादुर पुनले सर्लाहीको हरीपुर नगरपालिका वडा नं. ४ हरैयामा श्री कृष्णको मन्दिरको शिलान्यास कार्यक्रममा बताउनु भयो । यदुबंशी उत्थान समाजले निर्माण गर्न लागेको कृष्ण मन्दिरको शिलन्यास गर्दै उपराष्ट्रपति पुनले यो कृष्ण मन्दिर चाडै, गुणस्तरीय र समयमै बनोस भने चाहना ब्यक्त गर्नुभयो ।
उहाँले नेपाल बहुभाषिक ,बहु धार्मिक, बहु साँस्कृतिक र भौगोलिक बिबिधता भएको मुलुक रहेकोले याहाँ बिभिन्न धर्म मान्ने पाउने स्वतन्त्रता रहेको बताउदै कसैले कसैको धर्म परीवर्तन गराउने वा अर्काको धर्ममा दखल पुयाउन काम भने गर्न नपाउने भने सचेत समेत गराउनुभयो ।
प्रदेश दुईका विकासकोलागि हर सम्भव प्रयास गर्ने उपराष्ट्रपति पुनले प्रतिबद्धता जनाउदै प्रदेश «नम्बर दुई धार्मिक आस्थाको केन्द्र बिन्दु रहेको बताउनु हुँदै विभिन्न मठ मन्दिर निर्माणले यस क्षेत्रको पर्यटन बिकासमा समेत टेवा पुग्ने बताउनुभयो ।


सोही कार्यक्रममा रौतहटका प्रतिनिधि सभा सदस्य एवं पुर्व मन्त्रि प्रभु साह लगायतले शुभकामना मन्तब्य राख्दै मन्दिर बनाएर मात्र देश समृद्द नहुने हुदाँ समाजमा रहेको भ्रष्टाचारको अन्त्य र सुशासन जरुरी रहेको बताउनुभयो ।
यदुबंशी उत्थान समाजका केन्द्रिय अध्यक्ष जितन राय यादबको अध्यक्षतामा भएको कृष्ण मन्दिर शिलन्यास कार्यक्रममा वडा अध्यक्ष गुनेश यादबले स्वागत मन्तव्य दिनुभएको थियोे भने कार्यक्रममा प्रमुख अथितीको रुपमा आउनु भएका उपराष्टपति पुन लाई २० केजिको फुलमालाका साथै नागरिक पत्रबाट अभिनन्दन गरिएको थियो । दुई बर्ष भित्र साठी लाखको लागतमा पाटनको कृष्ण मन्दिरकै प्यागोडा शैलीमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको आयोजकले जानकारी गराउनुभयो । कार्यक्रममा प्रदेश दुईका प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्त ,सर्लाही निर्वाचन क्षेत्र १का प्रतिनिधि सभा सदस्य प्रमोद साह , निर्वाचन क्षेत्र नं.३का प्रतिनिधि सभा सदस्य एवंम पुर्व मन्त्रि रामेश्वर राय यादव लगाय सर्लाहीका प्रदेश सभा सदस्य एवं स्थानिय तहका अध्यक्ष एवंम प्रतिनिधिहरु रहेको कार्यक्रममा मन्दिरका लागि जग्गा दाता तथा साठी चन्दादातालाई कदर पत्रबाट सम्मानित समेत गरिएकोथियो ।