आईपीएल फाइनल आज, उपाधि कसलाई

Please follow and like us:


२९ वैशाख / इंन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेट प्रतियोगिताको उपाधि छिनोफानो आज लाग्दैछ । १२औं संस्करणको आईपीएलको उपाधिका लागि आज साविक विजेता चेन्नाई सुपर किंग्सले मुम्बई इन्डियन्सविरुद्ध ७ बजेर ४५ मिनेटमा हैदरावादमा प्रतिस्पर्धा गर्दैछ । उपाधि कुन टिमले जित्ला रु अहिलेसम्म यी दुबै टिमले आईपीएल समान तीन–तीन पटक आईपीएलको उपाधि जितेका छन् ।

तुलनात्मक रुपमा जारी आईपीएलमा चेन्नाई भन्दा मुम्बई बलियो ठहरिएको छ । मुम्बई र चेन्नाईले जारी आईपीएलमा तीन खेलमा प्रतिस्पर्धा गरिसकेको छ । तीनै खेलमा मुम्बईले चेन्नाईलाई पराजित गरेको छ ।

लिग चरणको पहिलो होम खेलमा मुम्बईले चेन्नाईलाई ३७ रनले पराजित गरेको थियो । अघिल्लो खेलमा पनि मुम्बईले चेन्नाईलाई ४६ रनले पराजित गरेको थियो । त्यस्तै, क्वालिफायरको पहिलो राउण्डमा मुम्बईले चेन्नाईलाई ६ विकेटले पराजित गरेको थियो ।लिग चरण र प्लेअफको हार फाइनलमा तिर्ने लक्ष्यमा चेन्नाई रहेको छ । यता, मुम्बई भने फेरी चेन्नाईलाई पराजित गर्दै उपाधि उठाउने लक्ष्यमा छ ।

प्लेअफको पहिलो क्यालिफयरमा चेन्नाईलाई पराजित गर्दै मुम्बई फाइनलमा प्रवेश गरेको थियो यता, चेन्नाई भने दोस्रो क्वालिफायरमा दिल्लीलाई पाखा लगाउँदै फाइनल पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)