कक्षा ११ को परीक्षा आज देखि सुरु

सर्लाही / बैशाख २९ / राष्ट्रिय परिक्षा बोर्डले सञ्चालन गरेको कक्षा ११ को परीक्षा आजदेखि सुरु भएको छ । जेठ ८ गतेसम्म सञ्चालन हुने कक्षा ११को परीक्षा आज (आइतबार ) बाट देशभरि सुरु भएको हो । परीक्षा शान्तिपूर्णरुपमा भइरहेको शिक्षक रामहरी जानाकारी दिए । यो वर्षको परीक्षामा कक्षा ११ र १२ मा गरी ९ लाख ३६ हजार ५ सय ४६ विद्यार्थी सहभागी भएको छ ।

परीक्षामा छात्रको तुलनामा झन्डै ५० हजार बढी छात्राको संख्या रहेको छ । परीक्षामा ४ लाख ४२ हजार ९ सय ९७ छात्र र ४ लाख ९३ हजार ५ सय ४९ छात्रा सहभागी हुँदै छन् । परीक्षा हलभित्र सञ्चारकर्मीलाई फोटो खिच्न, रेकर्ड गर्न निषेध गरिएको छ । परीक्षामा छड्के अनुगमनको समेत व्यवस्था गरिएको छ । परीक्षामा जिल्ला परीक्षा समन्वय समिति, केन्द्राध्यक्ष, बोर्डका अधिकारी, मन्त्रालयका अधिकारी, प्रदेशस्थित सामाजिक विकास मन्त्रालय, शिक्षा तथा मानव स्रोत केन्द्र, प्रदेश शिक्षा निर्देशनालयबाहेक अन्यलाई मोबाइल फोन लैजान निषेध गरिएको बोर्डका सदस्य–सचिव अर्यालले जानकारी दिनुभयो ।

प्रश्नपत्रको सुरक्षाका लागि प्रश्नपत्र राखिएको कोठामा सीसी टीभी मार्फत निगरानी गरिएको पनि बोर्डले जनाएको छ । परीक्षामा अनियमितता हुन नदिन यसपटकबाट थप कडाइ गर्ने गरिएको हो ।,