१०० किलो गाँजा र गाँजा प्रशोधन गर्ने मेसिन सहित २ जना पक्राउ

Please follow and like us:

सर्लाहीको लालबन्दिमा गएराती प्रहरिले १०० किलो गाँजा र गाँजा च्याप्ने फर्मा तथा रिन्च, मेसिन सहित २ जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो काठमाण्डौँ र ईलाका प्रहरि कार्यालय लालबन्दीको संयुक्त गस्ति टोलीले उक्त परिमाणको गाँजा र गाँजा प्रशोधनमा प्रयोग हुने सामान सहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लालबन्दी नगरपालीका १४ स्थित गँगटेका ३३ बर्षिय सानोकान्छा योञ्जन र पर्साको पर्सागढि नगरपालीका ९, मनवा बजार घर बताउने ३४ बर्षका प्रगन सहनी रहेका छन । पक्राउ परेकाहरुले लालबन्दी १४ गँगटेमा कारखाना सञ्चालन गरि कच्चा हरियो गाँजालाई प्रसोधन गर्ने र भारतिय र स्थानिय ग्राहकहरुको माग अनुसार बिक्रि बितरण गर्दै आएको खुलेको प्रहरिले जनाएको छ ।

बिहिबार साँझ ७ बजेको समयमा प्रहरि निरिक्षक किरण प्रसाद न्यौपाने सहितको टोलीले पक्राउ गरेकाहरु लामो समयदेखि अवैध गाँजा तस्करि तथा ओसार पसारमा संलग्न रहेको खुल्न आएको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारि दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)