प्रदेश २ को प्रदेशसभाको बैठक पुनः स्थगित

Please follow and like us:

बैशाख २०/ जनकपुर / लामो समयपछि बसेको प्रदेशसभाको वैठक पुनः अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश नम्बर २ को प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेसले प्रदेशसभा बैठक अवरुद्ध पारेपछि स्थगित भएको थियो । मुख्यमन्त्री लालबाबु राउत सरकारको काम कारबाहीको आलोचना गर्दै नेकपा र काँग्रेसले शुक्रबार बसेको प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

प्रदेश सरकारले गरेको अनियमितता र जथाभावी रकमान्तर गरेको विषयमा जवाफ माग गर्दै प्रदेशसभा बैठक अवरोध गरेपछि अनिश्चितकालका लागि प्रदेशसभाको बैठक अवरुद्ध भएको हो । सरकारले जवाफ नदिँदा प्रमुख प्रतिपक्षी काँग्रेस र प्रतिपक्षी नेकपाको अवरोधले लगातार चौथो पटक प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)