हावाहुरीले २७को मृत्यू,४०० बढी घाइते

Please follow and like us:

बारा , १७ चैत /
बारामा आइतबार साँझ गएको भीषण हावाहुरीले २७ जनाको मृत्यु भएको छ भने चारसयभन्दा बढी घाइते भएका छन् ।
साँझ करिब ८ बजेतिर गएको भिषण हावाहुरीमा परी २७ जनाको ज्यान गएका डिएसपी हेमबहादुर शाहीले जानकारी दिएका छन् । शाहीका अनुसार टेलकुवामा १, भलुहीमा ५, क्वै सोर्ण गाउँपालिकामा १, फेटा पुरैनियामा ७, हर्दिया र परशुरामपुरमा २ जना, धर्मनगरमा ४ जनाको शव फेला परेको र १ जनाको वीरगञ्ज उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ ।
डिएसपी शाहीले हावाहुरीबाट घरहरु तहस नहस भएको, बिजुलीको पोल ढल््दा र केही ठाउँमा गाडी समेत पल्टिँदा धनजनको ठूलो क्षति पुग्नुको साथै मृतकको संख्या थपिनसक्ने बताउदै दैविक प्रकोपको विपत्ति आएको जनाउँदै सुरक्षाकर्मीलाई अलर्ट गरी उद्धार कार्य जारी रहेको बताइएको छ । सो घटनामा परी ४०० बढी जना सर्वसाधारण घाईते भएका छन् भने घाइतेहरुको वीरगञ्ज र कलैयाका विभिन्न अस्पतालमा उपचार भैरहेको छ । अस्पताल घाइतेले भरिएका छन भने उपचारकालागि आवश्यक रगतको अभाव भैरहेको अस्पताल श्रोतले जनाएकोछ ।
राति भएका कारण उद्दारको काम प्रभावकारी हुन नसकेकोले सोमबार बिहानै देखि उद्दारको काम तीव्र रुपमा भैरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । हावाहुरीपछि विद्युत्त अवरुद्ध भएकाले राति उद्दारको काम प्रभावकारी हुन नसकेको हो ।

हावाहुरीले भत्किएको घरहरु
हावाहुरीले तहसनहस भएका घरहरु
अस्पतालमा घाइतेको उपचार हूदै
हावाहुरीले पल्टिएका गाडि
घाइतेलाई अस्पताल लगिदै
घाइतेले भरीभराउ अस्पताल
आइतबार बारामा परेको असिना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)