गुणस्तरीय निमार्णमा इन्जिनियरहरुको भुमिका अहम – मन्त्रि यादव

गुणस्तरीय निमार्ण तथा प्रदेशको बिकासमा इन्जिनियरहरुको भुमिका अहम रहेको आन्तरीक मामिला तथा कानुन मन्त्रि ज्ञानेन्द्र यादवले बताउनुभयो । शुक्रबार प्रदेश नं.२ को राजधानी जनकपुर आयोजित प्रदेश स्तरीय गुणस्तरीय निमार्ण सम्बन्धि कार्यशाला गोष्ठीमा बोल्दै मन्त्रि यादवले अहिले प्रदेश निति निमार्णमा अग्रसर भइरहेकोछ , निति निमार्ण पश्चात भौतिक पुर्वाधारको निमार्ण तिव्रताका साथ अगाडी बढने त्यस्ता निमार्ण कार्य गुणस्तरीय बनाउन इन्जिनियरहरुको सुझाव आवश्यकता पर्ने बताउनुभयो । प्रदेशमा बिकासका पुर्वाधार निमार्णमा गुणस्तरीय निमार्ण अनिवार्य भएको र त्यसकालाई दक्ष इन्जिनियरहरुले सहभागिता बिना संम्भव नएको टिप्पणी समेत गर्नुभयो ।
त्यसै गरी प्रदेश नं. दुईका निती आयोगका सदस्य डा. सुरेन्द्र झाले प्रदेश नं. दुईका अव बन्ने भौतिक निमार्ण सम्बन्धि नितीहरु बनाउदाँ इन्जियरहरुको सुझाव तथा सल्लाह अनुरुपनै निति बनाउने आश्वासन दिदै अवको आबश्यकता भनेको प्रदेशको बिकास रहेको बतााउनुभयो ।
जनकपुरको मसला कटेजमा नेपाल इन्जिनियर एशोसिएसन प्रदेश नं. दुईले आयोजित गरेको गुणस्तरीय निमार्ण सम्बन्धि एक दिने कार्यशाला गोष्टी नेपाल इन्जिनियर एशोसिएसन प्रदेश नं. दईका अध्यक्ष नन्द किशोर यादव अध्यक्षता सम्मपन्न भएको थियो भने प्रमुख अतिथि आन्तरीक मामिला तथा कानुन मन्त्रि ज्ञानेन्द्र यादव हुनुहुन्थ्यो ।