प्रमुख खबर

स्थानीय तहमा राहत कम प्रचार बढी, राहत लिनेको सामजिक बेइज्जती गराउँदै जनप्रतिनिधि

राकेश यादव , २६ चैत्र रौतहटमा स्थानीय तहमा प्रदेश सरकारले तोकिएको मापदण्ड अनुसार गरीव ,विपन्न वर्ग , ज्यालदारी गरी जीवन व्यतीत गर्दै आएका परिवारलाई लकडाउनको बेला दिनुपर्ने राहत कम तथा राहत लिने परिवारको फोटो खिचेर सामाजिक संजालमा हाल्ने प्रवृति बढी देखिएको छ । विश्व भरी महामारीको रूप लिएर फैलिएको कोभीड १९ को प्रकोप जोखिम न्यूनीकरण […]

सर्लाहीमा (कोभिड–१९)को संक्रमणबाट बच्न १५ शैयाको आइसोलसन बेड निर्माण

अनिता साह २६ चैत / सर्लाही कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्न सर्लाहीमा १५ शैयाको आईसुलेशन वार्ड तयार गरिएको छ । अहिले श्विभरमा कोरोना भाइरसबाट संक्रमित र मृत्यूको संख्या दिन प्रतिदिन बढ्दै नै गाइरहेको छ । त्यस्तै छिमेकी देश भारतमा संक्रमण तिव्ररुपमा फैलिरहेको र सर्लाही जिल्ला बिभिन्न भारतीय सीमा नाकाहरुसँग जोडिएकोले सर्लाही पनि कोरोना सक्रमणको उच्च […]

कोरोना संक्रमितको संख्या १४ लाख नाघयो, ८२ हजार भन्दा बढीको मृत्यु

अनिता साह २६ चैत / बुधबार विश्वभरमे कोभिड १९ का कारण संक्रमितको संख्या १४ लाख २८ हजार ४ सय २८ पुगेको छ । त्यस्तै जोन हप्किन्स विश्वविद्यालयका अनुसार मृत्यु हुनेको संख्या ८२ हजार १९ पुगेको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै इटलीका रहेका छन् । यहाँ मृतक संख्या १७ हजार एक सय १७ पुगेको छ […]

पसलमा भीड हुन थालेपछि ‘लकडाउन’ कडा

बागलुङ, २५ चैत दैनिक उपभोग्य सामान किनमेलका क्रममा बजार र पसलमा भीड हुन थालेपछि कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न जिल्लामा ‘लकडाउन’ लाई थप कडा तुल्याइएको छ । स्थानीय प्रशासनले तरकारी, दूधजस्ता अत्यावश्यक वस्तु व्यवसायीकहाँबाट घरमै मगाउन सर्वसाधारणलाई आग्रह गरेको छ । अघिल्ला दिनका तुलनामा आइतबारदेखि मानिसको हिँडडुलमा कमी आएको छ । आइतबार ‘लकडाउन’ अटेर […]

भरतपुरमा परीक्षण गरिएको २१ नमूना नेगेटिभ

चितवन /२५ चैत भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा पहिलोपटक परीक्षण गरिएका २१ वटा नमूना नेगेटिभ देखिएको छ । सोमबार विभिन्न अस्पतालबाट सङ्कलन भएका नमूनाको नतिजा आज सार्वजनिक गरिएको हो । प्रयोगशाला सञ्चालन उपसमितिका संयोजक डा कृष्णसागर शर्माका अनुसार भरतपुर कोरोना अस्थायी अस्पतालबाट सङ्कलन भएको १६, रत्ननगरको गुञ्जमान अस्पतालबाट पठाइएको एक र प्रयोगशालामा नै सङ्कलित चार […]

कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्न परीक्षण जारी

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म कूल एक हजार ७९६ नमूना परीक्षण सम्पन्न भएको छ । काठमाडौँ उपत्यका बाहिर नौ स्थानमा नमूना परीक्षणको सेवा शुरु भएको छ । प्रवक्ता डा देवकोटाका अनुसार कैलाली र कञ्चनपुरमा परीक्षण शुरु गरिएको छ । आज कञ्चनपुरमा २१ र कैलालीमा १८ नमूना सङ्कलन भएको भएको छ । त्यस्तै, जुम्ला र अछाममा स्वाबको […]

कोभिड–१९ परीक्षण गर्न भक्तपुर अस्पतालमा पिपी बुथ

भक्तपुर अस्पताल दूधपाटीमा आजदेखि कोभिड–१९ का सम्भावित सङ्क्रमित बिरामीको परीक्षणका लागि पिपी बुथ राखिएको छ । अस्पतालको इमर्जेन्सी वार्डको बाहिर यो बुथ राखिएको भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिनुभयो । डा महाविर पुनः अध्यक्ष रहेको राष्ट्रिय अनुसन्धान केन्द्र र अमेरिका नेपाल मेडिकल फाउण्डेशनको सहयोगमा उक्त बुथ राखिएको हो । सुपरिटेन्डेन्ट डा गौतमले […]

नुवाकोटको सिन्दूरे जात्रा स्थगित

नुवाकोट/ २५ चैत सामान्य दिनचर्या भएको भए अहिले नुवाकोटको भैरवी मन्दिर परिसरमा पुजारी, गुभाजु, द्वारे, स्थानीय नेवार समुदाय, लच्याङका तामाङ समुदाय र नेपाली सेनालाई भ्याइनभ्याइ हुन्थ्यो । चैत शुक्लपूर्णिमामा सञ्चालन हुने नुवाकोटको सबैभन्दा ठूलो मेला सिन्दूरे जात्रा सञ्चालनको चाँचोपाँचो मिलाउन उनीहरु व्यस्त हुन्थे । तर यो वर्ष कोभिङ–१९) रोगको सङ्क्रमण फैलन सक्ने जोखिमले सरकारले लकडाउन […]

प्रदेश २ मा ११९ को नमूना सङ्कलनमा १०३ को नेगेटिभ

जनकपुरधाम, २५ चैत प्रदेश नं. २ मा मङ्गलबारसम्म कोरोना भाइस सङ्क्रमणको आशङ्कामा ११९ जनाको स्वाब नमूना सङ्कलन गरिएको छ । सङ्कलितमध्ये १०३ को जाँचको नतिजा आएको प्रदेश समाजिक विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेका अनुसार १०३ जनाकै नतिजा नेगेटिभ छ भने १६ जनाको नतिजा आउन बाँकी छ […]

कक्षा ११ र १२ को परीक्षा स्थगित

कोराना भाइरस (कोभीड १९) को कारण राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । मंगलबार दिउँसो बसेको परीक्षा बोर्डको बैठकले अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । कक्षा ११ को परीक्षा २०७७ बैशाख २१ गतेबाट र १२ को परीक्षा बैशाख ८ गतेबाट सुरु गर्ने […]