संघ

सिंहदरबारमा सीसीएमसी निर्देशक समितिको बैठक बस्दै

२६ असार / काठमाडौं कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको निर्देशक समितिको बैठक आज सिंहदरबारमा बस्दैछ । संक्रमणको अवस्थाबीच यातायात सेवा सुरु गरेपछि आउन सक्ने चुनौतिबारे बैठकमा छलफल हुने भनिएको छ । शुक्रबार अपरान्ह ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बस्न लागेको हो ।साथै, आन्तरिक हवाई सेवा सञ्चालनबारे पनि छलफल हुनसक्ने भनिएको छ । यसअघि छाउनीस्थित […]

भारी वर्षाका कारण प्रदेश १ र २ मा डुवानप्रति सतर्क रहन सुरक्षाकर्मीलाई निर्देशन

भारी वर्षाका शुरु भएका कारण बाढी र ढुवान हुन सक्ने भन्दै प्रदेश १ र प्रदेश २ सरकारले सुरक्षा निकायलाई तयारी अवस्थामा बस्न निर्देशन दिएका छन् । आजको आयोजित विपद व्यवस्थापन समितिको बैठकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बाढीको जोखिम न्युनीकरण गर्नका लागि उच्च सतर्कतासाथ बस्न नेपाल तथा सशस्त्र प्रहरी र नेपाली सेनालाई निर्देशन दिएका […]

नेकपा स्थायी कमिटीको बैठक थप सात दिनका लागि स्थगित

२६ असार / काठमाडौं नेकपा स्थायी कमिटीको बैठक थप सात दिनसम्मका लागि स्थगित गरिएको छ । बाढी पहिरोको विपतको बेला पार्टी पंक्तिलाई राहत तथा उद्धारमा जुट्न निर्देशन दिँदै नेकपाले स्थायी कमिटी बैठक थप सात दिनसम्मका लागि स्थगित गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटरमार्फत् जानकारी गराएको हो । उनले ट्वीटरमा लेखेका छन्, ‘देशभर भैरहेको अतिवृष्टि र […]

जसपा निर्वाचन आयोगमा दर्ता

२५ असार / काठमाडौं जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा आज दर्ता भएको छ । बिहीबार जनता समाज पार्टी दल दर्ता गर्ने निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । संघीय संसदको तेस्रो र चौथो ठूलो दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी बनेको हो । आयोगले प्रमाणपत्र लिन […]

खल्तिबाटै मन्त्रिले छाने ८१ करोडकाे आयोजना, सिंगो जिल्ला भन्दा आफ्नैै गाउँमा बढी बजेट !

२२ असार / सर्लाही संघीय सरकारले समानुपातिक, समावेशी तथा जनसंख्याका आधारमा सन्तुलित ढंगले बजेट वितरण नगरेर भेदभाव गरेको भनेर बर्सेनि आरोप लगाउने जनता समाजवादी पार्टी नेतृत्वको सरकारले प्रदेश २ मा त्यस्तै नक्कल गरेको छ । प्रदेश २ को बजेट विनियोजन गर्दा मन्त्री तथा राज्यमन्त्रीहरूले आफू खुशी गर्दै आएका छन्, त्यसको उदाहरण प्रदेश २ को उद्योग, […]

नेकपा स्थायी कमिटी बैठक स्थगित

२४ असार / काठमाडौं बुधबार बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि स्थगित गरिएको । अर्को बैठक असार २६ गते बिहान ११ बजे बस्ने नेकपा नेता सूर्य थापाले बताए । गत असार ११ देखि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको बैठक आन्तरिक विवादका कारण अहिलेसम्म टुङ्गिएको छैन ।

सुनको भाउ तोलामा ७ सय रुपैयाँले महगिंयो

२३ असार / मंगलबार सुनको भाउ आज एकैदिन तोलामा ७ सय रुपैयाँ बढेको छ । मंगलबार सुनको भाउ तोलामा ९० हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । सुन हिजो तोलामा ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ बढेर तोलाको ९ सय […]

प्रहरी महानिरीक्षक नियुक्त गर्नका लागि मन्त्रिपरिषद बैठक बस्दै

२३ असार / काठमाडौं नेपाल प्रहरीका लागि नयाँ प्रमुख छनौट गर्नका लागि मन्त्रिपरिषद बैठक आज बस्दैछ । हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन् । उनीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउनेछन् । नयाँ महानिरीक्षक बन्ने दौडमा एआईजी […]

आज ओली र प्रचण्डबीच भेटवार्ता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली (प्रधानमन्त्री) र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओलीलाई भेट्न प्रचण्ड आज जानुभएको थियो । पार्टीभित्रको विवाद समाधानको लागि छलफललाई निरन्तरता दिन दुवै अध्यक्ष सहमत हुनुभएको ओलीको निजी सचिवालयले जनाएको छ । सहमति खोज्नकै लागि पार्टी स्थायी कमिटी बैठक […]

सुनको भाउमा सामान्य गिरावट

आज सुनको भाउमा सामान्य गिरावट आएको छ । सोमबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको छ । सुन तोलामा ९० हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९० हजार ५ सय रुपैयाँ थियो । चाँदीको भाउ स्थिर छ । चाँदी भने हिजोजस्तै तोलाको ९ […]