अहिलेको सरकारले नेपाली जनतालाई घोखा दिने काम मात्रै गरेको छ – अध्यक्ष अंसारी

Please follow and like us:

सर्लाही ,चैत्र ११ / अहिलेको सरकारले नेपाली जनतालाई घोखा दिने काम मात्रै गर्दै आइरहेको नेपाल संघिय समाजवादी पार्टिका अध्यक्ष मो. रिजवान अंसारी बताउनुभयो । सर्लाहीको मलंगवामा आयोजित जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेपालका कम्यूनिष्टहरुले आफनो सिद्धान्त छोडेर केवल सत्ता र कुर्सीको राजनिति मात्रै गरेकोले आफु मन्त्रिपदको त्याग गरी शोषित,उत्पिडितको पक्षमा उभिएको बताउदै अहिले मुलुक पुँजीपतिको भएको र गरीब जनता मतदाता र करदाता मात्रै भएकोले आफनो पार्टी गरीब निमुखाको पक्षमा काम गर्ने बताउनुभयो ।
अध्यक्ष अंसारीले मुलुक अहिले गम्भिर संकटबाट गुज्रिरहेको बताउदै सरकारले मुलुकलाई भ्रष्टाचारमा चुर्लुमै डुबाएकोे आरोप लगाउनुभयो । उहाँले सरकारका हरेक प्रकारका भ्रष्टाचारको आफुहरुले पर्दाफास गरेर त्यसको प्रतिकार गर्ने बताउनुभयो । बर्तमान सरकारले भोट माग्ने बेला नेपाली जनतासँग मुलुकमा सुशासन दिने , भ्रष्टाचारको अन्त्य गरी नयाँ नेपाल बनाउने बाचाँ गरेका थिए तर अहिले त्यसको बिपरीत मुलुक भ्रष्टाचार गर्नेको मात्रै बनेको टिप्पणी गर्दै सरकारले मुलुकमा पुनः द्धन्द निम्त्याउन खोजेको आरोप लगाउनुभयो ।

अध्यक्ष अंसारीले नेपालमा सयकडौ बर्षदेखि मधेशी जनता शोषित र उत्पिडित रहेका् उल्लेख गर्दै मधेश आन्दोलनका ताका तथाकथित मधेशवादी दलले सम्झौता उधार होइन नगदैमै गर्नु पर्ने , संबिधान संशोधन होइन पुनर्लेखन हुनु पर्ने , अभि नहि तो कभि नहि जस्ता नारा लगाएर मधेशी जनतालाई ठगेको आरोप लगाउदै खोई संशोधन त परको कुरा एक अक्षरपनि संबिधानमा बदलिएन ,क.े पि. ओलीलाई प्रधानमन्त्रि बनाउन भोट हालदा मधेशी शहिदको अपमान गरी अहिले नि सरकारको स्वाद लिदै आइरहेकाले मधेशी जनतालाई अधिकार सम्पन्न बनाउन नसकने उल्लेख गदै यस्ता मुद्धा बिसजर्नबादीले पटक पटक सता र कुर्शीकोलागि मधेशी जनतालाई ठगेको आरोप लगाउनुभयो ।

उहाँले  काँग्रेस , कम्यूनिष्ट र मधेशीबादी दलले बिगत सतरी बर्षदेखि शासन गर्दै आइरहेको ,त्यस बाट तिस बर्षे पन्चायती शासन ब्यबस्थालाई हटाइदिने हो भने लगभग चालिस बर्ष देखि यिनिहरुले नै शासन गर्दै ूआइरहेको बताउनुभयो तर जनताले के पायो ? ूयति समयमा मलेसिया र अन्य मुलुक काँहा देखि काँहा पुगिसके तर हाम्रा शासक ले दिए त बेरोजगारी ,द्धन्द र बैदेशिक रोजगारी जसले गर्दा दिनहु जसो बिदेशबाट बक्सामा बन्द भएर लास आउने गरेको छू , यसबाट के आस गर्न सकिन्छ । एक अर्को प्रसंगमा अध्यक्ष अंसारीले अहिलेको संधियता संधियता नभएर नेपाली जनतासंगको धोखा हो , अहिलेको मुख्यमन्त्रिले एउटा सिडियोसम्म बदल्न सक्दैन भने उसले प्रदेशमा कसरी शान्ति स्थापना र सुशासन कायम गर्न सक्छ त भनि प्रति प्रश्न गर्नुभयो ।
अध्यक्ष अंसारीले मधेशको आन्दोलन सकिएको छैन बरु केही मथ्थर मात्रै भएको हो । अव मधेशी जनता पुनः शसक्क्त भएर आफनो अधिकारकालागि लडने जिकिर गर्दै अव नेपाली जनताले राजनितिक परिर्वतन चाहिरहेकोछ ,पहिचान ,समाजिक न्याय ,समानता र मुलुकलाई निकास दिन सम्पुर्ण नेपाली एक ढिक्का भएर अगाडी बढनु पर्नेमा जोड दिनुभयो  ।

2 thoughts on “अहिलेको सरकारले नेपाली जनतालाई घोखा दिने काम मात्रै गरेको छ – अध्यक्ष अंसारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)