बर्तमान सरकार पुर्ण भ्रष्टाचारी -बरिष्ट नेता पौडेल

Please follow and like us:

सर्लाही, चैत १० गते । बर्तमान सरकार पुर्ण रुपेन भ्रष्टाचारी भएको आरोप लगाउदै सरकारले जनताको हितमा भन्दा सरकारको अधिकार केन्द्रीकरण र सत्ता टिकाउने काम मात्रै गरेकोले सरकारले बितेको एक बर्षमा खासै उल्लेख्य काम नगरेको नेपाली काँग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेलले आरोप लगाउनुभयो । आज सर्लाहीको सदरमुकाम मलंगवामा आयोजित एक सभालाई सम्बोधन गदै बरिष्ट नेता पौडेलले बिकासको मेरुदण्ड रहेको हुलाकी राजमार्ग समयमै निमार्णमा नहुदाँ मधेशी जनताले थप दुखः पाएको बताउदै समयमा निमार्ण नहुदाँ सुख्खामा धुलो र बर्षातमा हिलोले मधेशी जनताले थप पिडा भोगेको बताउनुभयो । उहाँले मधेशलाई मरुभुमिकरण हुनबाट बचाउनको लागि चुरे संरक्षणमा जोड दिनुपर्ने बताउदै लोकतन्त्रकालागि ठूलो बलिदानी गरेको मधेसको भूमी जोगाउन तत्काल चुरे संरक्षणमा जुट्नुपर्नेमा जोड दिनुभयो । आफ्नै पानी जहाज सञ्चालन गर्ने योजनामा रहेको सरकारलाई सबैभन्दा पहिले चुरे संरक्षण गरेर मधेसको उर्बर भूमीमा सिँचाईको व्यवस्था मिलाउन काँगे्रस वरिष्ठ नेता पौडेलले सुझाव दिनुभएको छ ।

मधेशी जनताले अधिकार नपाउनुमा मधेशवादी दल दोषी रहेको नेपाली काँग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेलले आरोप लगाउनुभयो । आज सर्लाहीको सदरमुकाम मलंगवामा आयोजित एक सभालाई सम्बोधन गदै उहाँले मधेशवादी दलले मधेशी जनतालाई पटक पटक अधिकारका नाउँमा ठगी गरेको र दलका नेताहरु सत्ताकै लागि मरीहत्ते गर्नाले आज मधेशको यो दुर्दशा भएको बताउदै नेता पौडेलले हिजो के.पि. ओलीलाई सतो सराप गरेरै जनताको मत पाएका मधेशी दलहरु आज सत्ता र कुर्सिको लागि ओलीसँगै गला मिलाउन पुगेको टिप्पणी गर्नुभयो । उहाँले प्रदेश नं. २मा मधेशी दलकै सरकार भएपनि मधेशी जनताको लागि केही उल्लेख्य काम गर्न नसकेको आरोप समेत लगाउनुभयो ।
सर्लाही सदरमुकाम मलङ्गवास्थित तिनबिघे मैदानमा आयोजित सभालाई पार्टीका केन्द्रीय सदस्य चन्द्र भण्डारी, पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, जिल्ला सभापति नागेन्द्र राय लगायतले सम्वोधन गर्नुभएको थियो । आजै काँगे्रस वरिष्ठ नेता पौडेलको प्रमुख आतिथ्यतामा नवलपुरमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)