मोटरसाइकल दुर्घटनामा एकको मृत्यू

Please follow and like us:

सर्लाहीको हरिपुर नगर पालिका वडा नं. ७ चिताईन स्थित तिव्र गतिमा आएको मोटरसाइकल कलर्भटमा अनियन्त्रित हुदाँ कलर्भटको पर्खालमा ठोकिदा एक जनाको मृत्यू भएको छ भने अको एक जना गम्भिर घाइते भएको छ ।
मृत्यू हुनेमा लालबन्दी नगरपालिका वडा नं. १ बस्ने अन्दाजी पैतिस बर्षिय राम एकवाल गुप्ता रहेको छ भने लालबन्दी नगरपालिका वडा नं. १ कै राम कुमार यादव गम्भिर घाइते भएको ईलाका प्रहरी कार्यालय हरिपुर, सर्लाही ले जनाएको छ । हरिपुरबाट चिताइन जादै गर्दा तिव्र गतिमा भएको ना ४४प ९४३५ न.को १५० सि.सि.को पल्सर मोटर साइकल कलर्भटमा अनियन्त्रित भई पर्खालमा ठोकिदाँ दुर्घटना भएको थियो । घाइते यादवको उपचार जिल्ला अस्पताल मलंगवामा भइरहेको ईलाका प्रहरी कार्यालय हरिपुरले जनाएकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)