पत्रकारद्वारा धर्ना

Please follow and like us:

सर्लाही, चैत ३ गते । पत्रकार सोम दियालीमाथि भएको आक्रमणमा संलग्नलाई पक्राउको माग गर्दै सर्लाही सदरमुकाम मलंगवामा पत्रकारहरुले दवावको लागि धर्ना दिएको छ ।
सामुदायिक रेडियो सर्लाही हरिवनमा कार्यरत पत्रकार दियालीमाथि आक्रमण भएको एक महिना भन्दा बढी समय भैसक्दा समेत घटनामा संलग्नहरुलाई प्रशासनले पक्राउ नगरेपछि नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाको आयोजनामा दोषीलाई पक्राउको मागगर्दै ¥याली निकालिएको हो ।यालीपश्चात जिल्ला प्रशासन कार्यालय मलङ्गवाको मुलद्धारमा पुगेका पत्रकारहरु त्यहाँ केहीबेर धर्ना समेत दिएका थिए ।

मलंगवामा पत्रकारहरुले दवावको लागि धर्ना

पत्रकार दियालीमाथि गत माघ २९ गते हरिवनस्थित सुखेपोखरी मन्दिर नजिकको एक चिया पसलमा आक्रमण भएको थियो । उहाँलाई चिया पिउन बोलाउने हरिवन नगरपालिका–११ का २० वर्षीय इरफान देवानलाई प्रहरीले घटना लगत्तै पक्राउ गरेकोे थियो । उनलाई घटनामा संलग्न कसुरदार ठह¥याइए पनि थुनामै राखेर कारवाही गर्नुपर्ने कसुर नदेखिएको भन्दै सर्लाही जिल्ला अदालतले गत फाल्गुण २९ गते धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतको आदेशपछि तीन लाख ५० हजार धरौटी बुझाएर उनी फागुन ३० गते छुटिसकेका छन् । देवानले पटक–पटक फोन गरेर बोलाएको ठाउँ सुखेपोखरी जाँदा पत्रकार दियालीमाथि आक्रमण भएको हो ।

दोषीलाई पक्राउको मागगर्दै ¥याली

आक्रमणमा संलग्न बागमती नगरपालिका–१ का समिर गुरुङ र हरिवन नगरपालिका–९ का भीमप्रसाद रेग्मी अझै फरार छन् । उनीहरुलाई अदालतले पक्राउ पूर्जी जारी गरेको छ । प्रहरीले उनीहरुको खोजी भैरहेको जनाएको छ । आक्रमणबाट अनुहारमा गहिरो चोट लागेका दियालीको तीन वटा दाँत समेत फेर्नु परेको छ । घटनामा संलग्न भीमप्रसाद रेग्मीले केही दिनअघिसम्म फेसबुकमार्फत फेरि आक्रमणको धम्की दिएका पत्रकार दियालीले बताउनुभयो ।

उहाँले समाचार लेखेकै कारण आफूमाथि आक्रमण भएको भन्दै घटनाको निष्पक्ष छानविन गर्न माग गर्दै आउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)