तीन महिनादेखि बलरा नगरपालिकामा तालाबन्दी, जनता मारमा

Please follow and like us:

सर्लाही /फाल्गुण १९ / सर्लाहीको बलरा नगरपालिकामा वडासदस्यहरुले तालाबन्दी गरेकाछन् । तालाबन्दीले तीन महिनादेखि सेवग्राहीहरु मर्कामा परेका छन् । राजनितीक खिचातानीले बिवाद चुलिएको कारण तालाबन्दी गरीएको स्थानियहरुको भनाई रहेकोछ । राजपा नेपाल र काँगे्रसको आपसि टकरावमा तालाबन्दी गरीएकोले स्थानिय जनताको दैनिकीसंग प्रत्यक्ष सरोकार राख्ने जन्मदर्ता ,बिवाहदर्ता ,मृत्यू दर्ता , नागरीकता लगायतका सिफारीस नहुदाँ जनताहरु निकै मार परेका छन् ।

नगरप्रमुखले मनोमानी किसिमले कार्यपालिकालाई जानकारी नै नगराई नीति तथा कार्यक्रम लागू गर्न खोजिएकोले उप मेयरको रामसखि देवीका नेतृत्वमा तालाबन्दी गर्नु परेको वडा नम्बर ११ का वडा अध्यक्ष योगेश्वर प्रसाद सिंहले बताउनुभयो । वडाको विकास बजेटलाई सिमित गर्दै सबै बिकासे योजना नगरमा राखेकाले बाध्य भएर तालाबन्दी गर्नु परेको वडा अध्यक्षहरुको भनाइ रहेकोछ् ।
नगरपालिकामा कुनै किसिमको अनियमितता नभएको नगर प्रमुख अभय सिहंले बताउदै आफु लोकतान्त्रिक बिधि प्रक्रियाबाट बहुमत प्राप्त गरी निर्वाचित भए पश्चात नै आफना बिपक्षिले पटक पटक बाधा अवरोध गदै आइरहेको बताउनु भयो । उहाँले गत बर्ष पनि आफु सडक निमार्ण गराउन लाग्दा एक सासंदले शक्तिका आडमा काम बन्द गराएको बताउदै यस पालि पनि उहाँले (सासंद) उप नगरप्रमुखलाई प्रमुख बनाउने आश्वासन दिदै तालाबन्दी गराउनु भएको जिकिर गदै नगरपालिकाका कर्मचारीको अवास नगरपालिका भित्रै रहेको र राति आठ बजे कर्मचारीको लुगाफाटो फालेको आरोप लगाउदै तालाबन्दी गरेको प्रति आपति जनाउनु भयो । नगरपालिकाको गेटमा तिन वटा ताल्चा देखाउदै नगरपालिकामा तिनओटा ताल्चा कसरी लाग्यो भनि प्रति प्रश्न गर्नुभयो, एउटा नगरपालिकाले लगाएको ताला, एउटा तालाबन्दी गरीएको ताला अनि अर्को कसको ताला ? यो सब मलाई असफल बनाउने षडयन्त्र रहेको टिप्पणी गर्नुभयो् ।

प्रमुख सिहं आफनो बिकास निमार्णको कामबाट भयभित भएको सासंदले नै सबै गराई रहेको आरोप लगाउदै आफुले बिभिन्न निकाय ,पार्टी सबै ठाउँमा तालाबन्दी खुलाउन पहल गर्न अनुरोध गर्दा समेत कतैबाट पहल नभएको गुनासो गर्नुभयो । उहाँले यदी बिकास सम्बन्धि कुनै समस्या भए छलफलबाट त्यसको निकास निकाल सकिने र त्यसकालागि आफु सदैव तयार समेत रहेको जानकारी गराउनुभयो । उहाँले यो प्रजातान्त्रिक ब्यबस्था भएकोले हरेक समस्याको समाधान प्रजातान्त्रिक बिधि प्रक्रिया अनुसार हुनु पर्ने समेत बताउनुभयो । नगरपालिकामा तालाबन्दी गरेर सम्पुर्ण नगरपालिकालाई नै बन्दी बनाएकोमा आक्रोस व्यक्त गर्नुभयो् ।
तालाबन्दीका कारण आर्थिक वर्ष २०७५/०७६ को चालू योजना कार्यान्वयन गर्न समस्या परेको निमित्त प्रशासकीय अधिकृत सुरेश साह भनुहुन्छ, तालाबन्दी खोल्ने विषयमा जनप्रतिनिधिसँग धेरै पटक छलफल भयो,उहाँहरुको बिचमा कुरा मिल्दैन ,हामी कर्मचारीहरुले के गर्न सक्छौं ? जनप्रतिनिधिहरुबाटै पटकपटक ज्यानै मार्ने सम्मको धम्की आउने गरेको गुनासो समेत गर्नुभयो् ।
बलरा नगरपालिकामा २७ जना कर्मचारी कार्यरत रहेको छ भने निजहरुले समेत अहिलेसम्म तलबभत्ता पाउन सकेका छैनन् । तलब नपाएपछि घर खर्च टार्न मुस्किल परेको उनीहरुको गुनासो रहेकोछ । तालाबन्दीका कारण प्रविधितर्फका कर्मचारीहरुले भवन बाहिर बसेर हाजिर गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)