न्यूनतम पारिश्रमिक नदिने मिडिया नवीकरण नगर्न निर्देशन

Please follow and like us:

माघ १३, काठमाडौंं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले आइतवार सूचना विभागमा छड्के निरीक्षण गरेका छन् ।करीब मध्याह्न १२ बजे सञ्चारग्रामस्थित सूचना विभागको कार्यालय पुगेका मन्त्री बाँस्कोटाले कार्यालयभित्र सेवा प्रदान हुने सबै कोठामा पुगेर निरीक्षण गरेका हुन् ।त्यसक्रममा मन्त्री बाँस्कोटाले विभागले प्रदान गर्दै आएको सेवा, कर्मचारीहरूको उपलब्धता लगायत विषयमा सोधखोज गरेका थिए ।

कार्यालयमा अनुपस्थित कर्मचारीबारे पनि उनले सोधखोज गरे । मन्त्री पुग्दा एक कर्मचारी अनुपस्थित रहेको पाइयो, तर उनी काजमा सरुवा भइसकेको विभागले जानकारी गरायो ।मन्त्री बाँस्कोटालाई सूचना विभागका महानिर्देशक बालकृष्ण घिमिरेले ब्रिफिङ गरेका थिए ।निरीक्षणका क्रममा मन्त्री बाँस्कोटाले बैंक स्टेटमेन्ट र श्रमजीवी पत्रकार तथा कर्मचारीहरूलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराएको कागजात विना मिडियाको नवीकरण नगर्न तथा आवश्यक कागजात नपुगी भनसुन र दबाबका भरमा कुनै पनि काम नगर्न निर्देशन दिए साथै उनले सूचना विभागमा दर्ता नभएका अनलाइनसहितका मिडियालाई बन्द हुनसक्ने समेत बतए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)