माग पुरा नभए पार्टि आन्दोलनमा जाने – महतो

Please follow and like us:

सरकारले संबिधान संशोधन नगरेसम्म आफनो बिरोध जारी रहने राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले बताउनु भएकोछ । नेपालगञ्जमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महतोले अहिकै अवस्थामा मधेशी जनताले संबिधान दिवस मनाउन सक्ने अवस्था नरहको बताउदै उहाँले सरकारले पटक पटक संशोधनको बाचा गरे पनि बाचा अनुसारको काम नगरी मधेशी जनतालाई धोखा दिएको आरोप लगाउनुभयो । उहाँ सरकारले गरेको बाचालाई अहिले सम्म कुर्रेर बसेको तर अवको छ महिना भित्रपनि आफुको माग पुरा नभए बाध्य भएर पार्टि आन्दोलनमा जाने स्पष्ट गर्नुभयो ।

सोही कार्यक्रममा राजपा नेपालकै अर्का अध्अक्ष मण्डलका सदस्य अनिल झाले  सरकारले हाल संबिधानमा गरेको प्रदेशको सिमाकंन आफुहरुलाई मान्य नभएको जिकिर गदै टिकापुर घटनामा संलग्नताको आरोपमा पक्राउ गरीएको रेशम चौधरीलाई अपराध पुष्टि नभएसम्म सरकारले चौधरी सपथ ग्रहण गराई संसदमा सहभागि गराउनु पर्नेमा जोड दिनुभयो ।

.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)