अस्थायी शिक्षकको मांग पुरा नगरे प्रदेश सरकारले समाधान खोज्ने ः– मुख्यमन्त्री

Please follow and like us:

अनिता साह
२६ असार / नजकपुरधाम /

अस्थायी शिक्षकको मांग पुरा नगरे प्रदेश सरकारले समाधान खोज्ने मुख्यमन्त्रीको भनाइ रहेको छ । अस्थायी शिक्षकको आनदोलनमा मुख्यमन्त्रीको समर्थन रहेको छ । मुख्यमन्त्री उमेरको हदसम्म पेशाको सुनिश्चितता भन्ने माग लिएर आन्दोलनमा रहेको अस्थायी शिक्षकहरुको धर्नामा बुधबार मुख्यमन्त्री लालबाबु राउतले समर्थन जनाएका छन ।

प्रदेश २ मा गठित प्रदेश स्तरीय आन्दोलन परिचालन समितिको अगुवाईमा लगातार छैठौ दिनको धर्ना कार्यक्रममा मुख्यमंत्री राउतले ऐक्यवद्धता सहित अस्थायी शिक्षकसँग षडयन्त्र भएकोमा संघीय सरकारको आलोचना गर्दै अस्थायी शिक्षकको माग पुरा गर्नुपर्ने धारणा राखे ।

केन्द्र सरकारले अस्थायी शिक्षकको व्यवस्थापन नगरे प्रदेश भरीका अस्थायी शिक्षकको हकमा कानुनी सल्लाह लिएर समाधान खोज्ने प्रतिवध्ता जनाए । गएको शुक्रबारदेखि अस्थायी शिक्षकहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडी धर्ना बस्दै आएका छन् ।,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)