नहरमा डुबेर एक बालकको मृत्यु

Please follow and like us:

अनिता साह

२६ असार / बिरगञ्ज /

नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । वीरगञ्जमा नहरमा डुबेर ६ वर्षाका बालकको मृत्यू भएको छ । वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुर बस्ने दिपेन्द्र साह तुराहाका ६ वर्षे छोरा रोसन साह तुराहाको नहरमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।

जगरनाथपुरमै रहेको नहरमा शौच गर्न जाने क्रममा बालक तुराहा चिप्लिइएर नहरमा डुबेका हुन् । उनलाई उद्धार गरेर उपचारका लागि गण्डक अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । बालकको शव नारायणी अस्पतालमा पोष्टमार्टम पश्चात परिवारको जिम्मा लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)