पाकिस्तानमा रेल दुर्घटना हुदा १० जनाको मृत्यु ,६० जनाभन्दा बढी घाइते

Please follow and like us:

२६ असार/ बिहीबार/

पाकिस्तानमा आज बिहानै दुईवटा रेल एकआपसमा ठोकिदा १० जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी घाइते भएका छन् । पाकिस्तानी रेल अधिकारीहरुका अनुसार पंजाब प्रान्तको रहिम यार खानमा दुईवटा रेल एक आपसमा ठोकिएको छ । प्रहरीका अनुसार लाहोरबाट आइरहेको यात्रुबाहक रेल र चौबाटो (क्रसिङ) मा रोकिराखेको सामान ढुवानी गर्ने रेल एकआपसमा ठोकिएको थिए । स्थानीय प्रहरी अधिकृत ओमार सलामतले दुर्घटनाका बारेमा प्रतिक्रिया दिँदै दुर्घटनास्थलबाट कम्तीमा दश जनाको शव बाहिर निकालिएको र ६६ जनाभन्दा बढी घाइतेको उद्धार गरिएको जानकारी दिनुभएको छ ।

घाइतेहरुलाई उपचारका लागि तत्कालै स्थानीय अस्पतालमा भर्ना गरिएको छ । सलामतले घाइतेमध्ये चार जनाको अवस्था अत्यन्त गम्भीर रहेको पनि बताउनुभयो । भ्रष्टाचार, अव्यवस्था र लगानीको अभावका कारण दशकौंदेखि पाकिस्तानी रेलसेवा रुग्ण अवस्थामा पुगेको छ । पाकिस्तानी रेलमन्त्री शेख रसिद अहमदले घटनाको छानबिन गर्न अनुसन्धान टोली गठन गरिएको जानकारी दिनुभएको छ । गत जुनमा पनि दक्षिणी सिन्ध प्रान्तमा दुई वटा रेल एक आपसमा ठोकिदा तीन जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)