पार्टीका सांसद र उपमेयरलाई नगर सभामा गरे मेयर अपमान

Please follow and like us:

अनिता साह/

२६ असार /रौतहट /

रौतहटमा पार्टीका सांसद र उपमेयरलाई नगर सभामा मेयर कुशवाहाले अपमान गर्नुभएको छ । कटहरिया नगरपालिकाका प्रमुख सियाराम प्रसाद कुशवाहाले तेस्रो नगर सभाको उदघाटन सत्रमा आफ्नै पार्टीका नेता प्रदेश नम्बर २ का अध्यक्ष एवं प्रतिनिधि सभाका सदस्यलाइ बेइजती गरेका छन । आफ्नै पार्टीका प्रदेश २ का अध्यक्ष तथा रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य प्रभु साहलाई नगर सभामा अपमान गरिएको हो .। पुर्व मन्त्री समेत रहेका साहले कटहरिया नगरपालिकाको परिसरमा आयोजना गरिएको तेस्रो नगर सभाको उदघाटन सत्रमा प्रमुख अतिथिको आसन्नबाट सम्वोधन गरिरहेका बेला नगर प्रमुख कुशवाहाको समर्थकले विचमै माइकको लाइन काटेपछि सम्वोधन रोकिएको थियो . माइकको लाइन काटे पछि हल्ला बवाल भएको थियो । केहि समय सम्म माइकको लाइन जड़ांन नगर्दा बाध्य भएर सांसद साह आफ्नो मंतव्य ट’ंग्याएर विदा लिन’ भएको थियो । प्रमुख खातुनले आफ्नो विचार राख्न बाट सडयंत्र पुर्वक लाइन काटेको भन्दै माइक कव्जा गरेका थिए ।. प्रमुख प्रसाशकीय अधिकृत मनोज रजकले विचार राख्न बाट बंचित गरेको भन्दै नगर सभा समेत बहिस्कार गरेका छन ।.
कटहरिया नगरपालिकामा ठुलो भ्रस्टाचार भएको भन्दै उपप्रमुख खातुनले नगर सभा वहिष्कार गरेको हो . बल जवर्दस्ती आफ्नो अधकटीयर प्रयोग गरेकी उपप्रमुख खातुनले औषधि खरीद , ग्यास सिलिंडर वितरणमा अधिकृत रजक र प्रमुख कुशवाहा मिलेर भ्रस्टाचार गरेको स्टेजबाट सम्वोधन गरेका थिए .। उपप्रमुख खातुनले विगत बर्षको हिसाव किताब किन सार्वजानिक गरिएन ? पुरानो भवनको नया भवन निर्माण भएको भनी निकासा भएको रकमको खर्च सार्वजानिक गर्नु परयो भनी मांग गर्दा मेयरका समर्थकहरुले उपमेयरलाइ अपमान गरेको थियो .। नारीको सम्मान गरिनु पर्ने भन्दै सीता जयंती मानेका नगरपालिकाले उपमेयरको सभामा बेइज्जती गरेको देखिदा स्थानीय महिलाहरु मेयर कुशवाहा प्रति आक्रोशित भएका थिए ।. साढ़े ४९ करोड़ को बजेट प्रस्तुत गरिएको निति कार्यक्रममा शिक्षा तथा खेलकुदमा १ करोड़ ५० लाख तथा स्वास्थ्यमा ५० लाख रकम विनियोजन गरिएको छ । भ्रस्टाचारको विरोध गर्ने नगरपालिकामा नै ठुलो भ्रस्टाचार रहेको छ ।. महिलाको सार्वजानिक रुपमा अपमान गरेको विरुद्ध उपप्रमुख सहित उनका समर्थकहरु विरोध समेत प्रदर्शन गरेका थिए .।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)