छोराले धारिलो हतियार प्रहार गरी आमाको हत्या

Please follow and like us:

२४ असार, वीरगञ्ज, पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा एक युवकले आमालाई लखेटेर हत्या गरेका छन् । वीरगन्ज महानगरपालिकाको वडा नम्बर २४ रामगढवाको नयाँवस्तीमा घर भएको २० वर्षिय गुड्डु यादवले आफ्नी ४० वर्षिया आमा शोभा देवीको फलामको रडले प्रहार गरी हत्या गरेका छन् ।

भैंसी हराएको विषयमा विवाद हुँदा आमाले नै भैंसी बिक्री गरेको खुलेको थियो । त्यसपछि आक्रोशित गुड्डुले आमालाई गोडासी (धारिलो हतियार) ले प्रहार गरेका थिए । ज्यान जोगाउन भागेकी शोभादेवीलाई गुड्डुले ४ सय मिटर परसम्म लखेटेर धारिलो हतियार प्रहार गरेका प्रहरीको भनाइ छ । घटनाको समयमा शोभादेवीको श्रीमान पनि घरमै थिए । तर, खुट्टा भाँचिएका कारण उनले रोक्न सकेनन् ।

आमा शोभादेवीको घाँटी र चिउँडोमा काटिएको र उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । गुड्डुलाई घटनास्थलबाटै प्रहरीले पक्राउ गरेको छ । शोभाको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ । पक्राउ परेका यादवमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए ।,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)