प्रदेश २ सरकारले आफ्नै बैंक संचालन गर्दै

Please follow and like us:

२४ असार/ जनकपुरधाम /

प्रदेश २ सरकारले आफनै स्वामित्वको बैंक स्थापना गर्ने भएको छ । ‘प्रदेश विकास बैंक’ नामक बैंक स्थापना गर्नका निम्ति सरकारले गृहकार्य थालेको हो । गृहकार्यका निम्ति प्रदेश नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झाको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले बताए ।
बैंक स्थापनाको लागि गृहकार्य गर्न प्रदेश नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झाको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव प्रेम कुमार श्रेष्ठ, आर्थिक मामिला तथा योजना मन्त्रीका आर्थिक सल्लाहकार राजकुमार सिंह, जनकपुर स्थित संघीय कोलेनिकाका प्रमुख डा. विरेन्द्र मिश्र, राष्ट्रबैंक जनकपुरको प्रतिनिधि, आन्तरिक मामिला तथा कानून मन्त्रालयका कानून अधिकृत र आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकृत संजय सरदार सदस्य सचिव रहेका छन ।
कार्यदलले बैंक स्थापनाको आवश्यकता र औचित्य तथा अवधारणा पत्र तैयार गरेर प्रदेश सरकारलाई बुझाउने जिम्मेवारी पाएका छन । कार्यदलका संयोजक डा. हरिवंश झाले अवधारणा पत्र माथिको छलफल शुरु भै सकेको र सम्भवतः यसै साता अन्तिम रुप पाउने बताउनु भएको छ ।,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)