दुई कर्मचारी घुस लिदै रंगेहात पक्राउ

Please follow and like us:

अनिता साह/

२४ असार/ बारा /

नगरपालिकामा कार्यरत दुई कर्मचारी घुस लिदै रंगेहात पक्राउ परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय हेटौँडाले पचरौता नगरपालिकामा कार्यरत दुई कर्मचारी घुस लिदै क्रममा रंगेहात पक्राउ परेको छ । पक्राउ पर्नेमा नायव सुब्बा बद्रीबहादुर थापा र ईन्जिनियर रायप्रकाश सतरा रहेको आयोगले जनाएको छ ।

सुब्बा बद्रीबहादुर थापालाई महिला सशक्तिकरण कार्यक्रम सम्पन्न भएको प्रमाणित गर्न नगद १४ हजार घुस सहित पक्राउ परेको आयोगले जनाएको छ ।

यस्तै ईन्जिनियर रायप्रकाश सतरालाई नेरामावि, बेनौलीको कम्पाउण्ड बाल निर्माणको सम्पन्न प्रतिवेदनमा हस्ताक्षर गर्न भन्दै नगद १५ हजार घुस रकमसहित पक्राउ गरिएको अख्तियारको क्षेत्रिय कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)