भारतविरुद्ध न्युजिल्यान्ड ब्याटिङ गर्दै

Please follow and like us:

२४ असार/ मंगलबार/

विश्वकप क्रिकेटको सेमिफाइनलमा आज भारत र न्युजिल्यान्डबीचमा प्रतिस्पर्धा हुदैछ । इंग्ल्यान्ड र भारतबीचको खेल म्यान्चेस्टरमा नेपाली समयअनुसार सवा ३ बजे देखी सुरु भएको छ ।भारतविरुद्ध न्युजिल्यान्ड ब्याटिङ गर्दै छ । विश्वकप क्रिकेटको सेमिफाइनलमा अहिले भारतविरुद्ध न्युजिल्यान्ड ब्याटिङ गर्दै छ । न्युजिल्यान्ड टस जितेर ब्याटिङ सुरु गरेको छ ।

इंग्ल्यान्डको म्यान्चेस्टरमा न्युजिल्यान्डले टस जितेर ब्याटिङ गर्ने निर्णय भएपछि भारतले बलिङको निम्तो पाएको हो । न्युजिल्यान्ड र भारत दुबै टिम विश्वकपको फाइनलमा पुग्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । जारी विश्वकपमा प्रदर्शनका आधारमा भारत उत्कृष्ट टिम हो ।

भारतको उद्देश्य न्युजिल्याण्डलाई कम स्कोरमा समेट्ने हुनेछ भने न्युजिल्याण्ड बढी रन बनाएर भारतलाई हराउने योजनामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)