सर्लाहीको घटनालाई लिइ कांग्रेस र राजपाद्वारा संसद अवरुद्ध

Please follow and like us:

२४ असार/मंगलबार/

सर्लाहीमा भएको दोहोरो भिडन्तको घटनालाई लिएर विपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले संसद अवरुद्ध गरेका छन् । सोही दोहोरो भिडन्तमा विप्लव समूहका नेता कुमार पौडेलको मृत्यु तथा प्रहरीसँग भएको झडपमा सरोजनारायण यादवको मृत्युलाई लिएर दुवै दलले सरकारको जवाफ मागेका थिए ।

आज संसदमा गृहमन्त्री रामबहादुर थापा बादलले जवाफ पनि दिए । तर गृहमन्त्रीको जवाफ प्रष्ट नभएको भन्दै दुवै दलले संसदीय छानविन समिति बनाउन मागे । सभामुखले संसदमा भएका दलहरुसँग परामर्श गरेर निर्णय लिने बताएपछि दुवै दलका सांसदहरुले रोष्टम घेराउ गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)